सर्वोच्चको आदेशपछि लत्रियो एमाले, आकस्मिक बैठकले गर्यो यस्तो निर्णय

काठमाडौं । संविधान संशोधन प्रस्तावलाई कुनै हालतमा संसदमा प्रवेश गराउँन नदिने अडानमा रहेको एमाले सर्वोच्चले संविधान संशोधनको अधिकार संसदकै भएको भनेर आदेश दिएपछि लत्रिएको छ । सर्वोच्चको आदेशपछि बसेको एमाले स्थायी समितिको आकस्मिक बैठकले गतिरोध अन्त्यका लागि सहमति जुठाउन लचिलो बन्ने निर्णय गरेको हो । अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले सर्वोच्चको फैसलालाई सम्मान […]

अदालतको आदेशको आफूखुसी ब्याख्या, संसद बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । व्यवस्थापिका संसदको अधिवेशन सूचना टाँसेर पाँच दिनका लागि स्थगित भएको छ । सर्वोच्च अदालतले संविधान संशोधनको विषय आफ्नो कार्यक्षेत्रभित्र नपरेको भन्दै अन्तरिम आदेश जारी नगरेपछि एमालेलाई संविधान संशोधन प्रस्तावविरुद्ध जारी राखेको संसद अवरोध खोल्न दबाब परेको छ । राजनीतिक गतिरोध अन्त्यको प्रयास गर्न दलहरुलाई पाँच दिन समय दिँदै संसद बैठक भने स्थगित गरिएको […]

हिमपातसँगै भूकम्पपीडितको कन्तविजोक, सरकारको कानमा लागेन बतास

काठमाडौं । गोरखा भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा समेत पुनर्निर्माणको काम सरकारी प्राथमिकतामा नपर्दा भूकम्पपीडितको बिचल्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण उच्च हिमाली जिल्लाहरुमा भारी हिमपात भएपछि भूकम्पपीडितको कन्तविजोक भएको हो । हिमपातका कारण गोरखा भूकम्पको केन्द्रविन्दु रहेको बारपाक, लाप्राकलगायतका स्थान सेताम्मे भएका छन् भने सिन्धुपाल्चोक लगाउतका जिल्लाको जनजीवन पनि कष्टकर बनेको […]

‘संविधान संशोधन’ अदालतको क्षेत्राधिकारमा परेन : सर्वोच्च

काठमाडौं । प्रधानन्यायाधीश सुशिला कार्की र न्यायाधीश ईश्वर प्रसाद खतिवडाको संयुक्त इजलासले संविधान संशोधनको बिषय आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय सुनाएको छ । कानुन बनाउने विषय संसद्को विशेषाधिकार भएको स्वीकार गर्दै अदालतले यो प्रक्रिया रोक्नु उचित नहुने निर्णय गरेको हो । अधिवक्ता टिकाध्वज खड्का, विष्णुबहादुर राउतलगायतले मंसिर १६ गते संविधान […]

बगदादमा शक्तिशाली कार बम विस्फोट, ३५ जनाको मृत्यु

एजेन्सी । इराकको राजधानी बगदादमा भएको शक्तिशाली आत्मघाती कारबम विस्फोटमा ३५ जनाको मृत्यु भएको छ । मारिनेमा ३ जना प्रहरी समेत रहेका छन् । बगदादको व्यस्त क्षेत्रमा भएको सो विस्फोटमा ६१ जना घाइते भएका छन् । शिया मुस्लिमहरुको बाहुल्यता रहेको पूर्वी सद्र सिटीको पूर्वी क्षेत्रमा आत्मघाती हमलाकारीले विस्फोट गराएका थिए । अहिलेसम्म यो आक्रमणमा कसको […]

झलनाथको चेतावनी– ‘हामीलाई पेले ठेल्न बाध्य हुनेछौं’

भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसदमा आफूहरुलाई पेलेर बलजफ्ती संविधान संशोधन प्रस्ताव पेश गरिए प्रतिकार गर्ने चेतावनी दिएका छन् । पुस २२ गते एमालेले गर्न लागेको प्रदर्शनका विषयमा प्रेस चौतारी भक्तपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै खनालले संसदमा संशोधन प्रस्तावविरुद्ध उत्रिने बताए । आफूहरुलाई पेल्न खोजिए ठेल्न बाध्य हुने चेतावनी दिँदै उनले […]

एमालेद्वारा फेरि संसद बैठक अवरोध/चार बजेसम्मका लागि स्थगित

काठमाडौं । एमालेले आज पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेको छ । सोमबार बसेको बैठकमा पनि एमालेले संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै बैठक अवरुद्ध पारेको हो । बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले अवरोध गरेपछि चार बजेसम्मका लागि स्थगित गरिएको छ । चार बजे सम्म सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमतिको प्रयास गर्ने बताइएको छ […]

संसदभित्रैबाट निकास खोज्ने सभामुखको तयारी, बैठकमा बोलाइन् शीर्ष नेतालाई

काठमाडौं । संविधान संशोधनको विषयलाई लिएर सत्तापक्ष र विपक्षीबीचको विवादका कारण राजनीतिक गतिरोध उत्कर्षमा पुगेपछि सभामुख ओनसरी घर्तीले निरन्तर संसदमा छलफल गर्ने तयारी गरेकी छन् । संसदमा प्रतिपक्षी दलहरुको अवरोध नहट्ने संकेत देखिएपछि सभामुख घर्तीले निरन्तर छलफल गराउने तयारीस्वरुप संसदमा शीर्ष नेतालाई उपस्थित गराउन प्रमुख सचेतकमार्फत आग्रह गरेकी छन् । व्यवस्थापिका संसदको बैठकअघि सभामुख घर्तीले […]

के होला आज संसदमा ? यस्तो छ तयारी

काठमाडौं । सरकारले आज बस्ने संसद बैठकमा प्रतिपक्षी दलहरुकको असहमतिकाबीच संविधान संशोधन प्रस्तावलाई टेबुल गर्ने तयारी गरेको छ । सरकारले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेपछि सात पटक अवरुद्ध र तीन पटक स्थगित भइसकेको संसद वैठक आज दिउँसो एक बजे बोलाइएको छ ।  सत्तापक्षले आजको संसद वैठकमा प्रतिपक्षी दलहरुको असहमतिकै बीच संशोधन प्रस्तावलाई टेबुल गर्ने […]

यो एकता त्याग, बलिदान र क्रान्तिको बाटो हिड्नेहरुबीचको एकता हो : अध्यक्ष किरण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र कम्युनिष्ट न्युक्लियसबीच भएको एकतालाई क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले त्याग, बलिदान र क्रान्तिको बाटो हिड्नेहरुबीचको एकताको संज्ञा दिएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले यो एकता पदलिप्सा र सत्ता स्वार्थभन्दा माथि रहेका क्रान्तिकारी कम्युनिष्टहरुको त्याग, बलिदान र क्रान्तिको बाटो हिड्नेहरुको एकता […]