काठमाडौं । अखिल नेपाल किसान संघ (क्रान्तिकारी) को वैठकले उक्त संघको राष्ट्रिय भेलाको तयारीमा जुट्ने निर्णय गरेको छ । प्राप्त जानकारी अनुसार बैठकले फागुन २२ र २३ गते चितवनमा आफ्नो राष्ट्रिय भेला भव्य रुपमा सम्पन्न गर्न वर्तमान समितिलाई भेला आयोजक समितिका रुपमा रुपान्तरण गरेको छ ।

हार्दिक शुभकामना !

वैठकले उक्त भेलामा प्रदेशस्तरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी गराउने निर्णय गरेको बताइएको छ । संख्याका हिसाबले प्रत्येक प्रदेशबाट ५ देखि १५ जनाप्रतिनिधि तथा पर्यवेक्षक रहने निर्णय गरिएको छ । प्रदेशबाट हुने सहभागितामा प्रत्येक प्रदेशले सम्मेलन भएका जिल्लाहरुबाट २÷२ जना प्रतिनिधि र भेला तथा संपर्क भएका जिल्लाहरुबाट १÷१ जना प्रतिनिधिको सुनिश्चितता गर्नु पर्ने कुरा बताइएको छ ।

राष्ट्रिय भेलामा सहभागीहरुले प्रवेश तथा मेस शुल्कको व्यवस्था गर्नुपर्ने बताइएको छ । फागुन २२ र २३ गतेबाट यथासमयमै कार्यक्रम सञ्चालन हुने भएकाले फागुन २१ गते सहभागीहरु सम्पर्कमा पुगिसक्नु पर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर