काठमाडौं । बालेन सरकारको जनघाती, राष्ट्घाती र फासिवादी नीतिका कारण असार २६ गते गणेश नेपालीले आत्मदाह गरेको उल्लेख गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हत्यारो सरकारका विरुद्ध संघर्ष अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेको छ ।
पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको एक प्रेस वक्तव्यमा यस्तो प्रतिबद्धता जाहेर गरिएको छ ।
वक्तव्यमा भनिएको छ, गत असार २५ गते दुर्गम मुगु जिल्लाबाट काठमाडौँ आई राइड–सेयरिङ सेवामा काम गरेर श्रीमती र छोरीको जीविका धानिरहेका एक २५ वर्षीय युवा गणेश नेपालीले त्रिपुरेश्वर राहदानी विभाग अगाडि आफ्नो जीविकाको साधन मोटरसाइकलमा नगर प्रहरीले ह्विललक गर्दा त्यसको प्रतिवाद गरे । त्यसको लगत्तै उनले आत्मदाहको लागि आफ्नो शरीरमा आगो सल्काए । आगोमा सल्केर घाइते भइसकेको मानिसलाई प्रहरीले धकेल्दै वीर अस्पताल पु¥यायो । असार २६ गते बिहानै उनको दुःखद निधन भयो । यसरी एउटा युवकको हत्या ग¥यो जनघाती, राष्ट्रघाती र फासीवादी बालेन्द्र साह सरकारले । हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल यस घटनाबाट मर्माहत भएको त छ नै, साथसाथै फाँसीवादी राज्य सत्ताप्रति तथा हत्यारो सरकारप्रति आक्रोश, घृणा एवम् निन्दा प्रकट गर्दछ । मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदल्न सदा पीडित परिवारको साथमा रहने र यो सरकारका विरुद्ध पार्टी संघर्ष अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्दछ ।
यस सन्दर्भमा हामी आम युवाहरुलाई के आह्वान गर्न चाहन्छौं भने समस्याको समाधान आत्महत्या होइन । नेपाली शोषित उत्पीडित सर्वहारा जनसमुदायका समस्याको समाधान जनघाती, राष्ट्रघाती र फासीवादी राज्यसत्ताका विरुद्धको जनसंघर्ष, जनप्रतिरोध संघर्ष र जनविद्रोह हो । जनविरोधी राज्यसत्ताबाट होइन, जनविद्रोहबाट पाप्त हुने जनताको राज्यसत्ता अर्थात् जनगणतन्त्र नै समाधानको एकमात्र उपाय हो ।




























