जितामित्र सुनार
५ भाद्र प्यूठान ।
२०८३ भाद्र ५ गतेका दिन प्यूठानको मरन्ठानामा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार सदस्य दीपक केसी प्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि आयोजित श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । के. सी.को मृत्यु भएको १३औं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनले दीपक केसीको क्रान्तिकारी व्यक्तित्वमाथि प्रकाश पार्नु भएको थियो । आफनो सम्वोधनका क्रममा सुदर्शनले भन्नुभयो, “माओवादी आन्दोलनमा थुप्रै विभाजन र पलायनताको स्थिति आउँदा पनि उहाँले क्रान्तिकारी धारलाई अंगाल्न छाड्नुभएन । हामी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट यो प्रतिबद्धता जाहेर गर्दछौ कि दीपक केसीले अँगाल्नु भएको क्रान्तिकारी धारालाई हामी पछाइरहनेछौँ । त्यसलाई विकसित गरेर जानेछौ ।”
सभामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पि .बि .एम. धनेश्वर पोखरेलले दीपक केसीको जीवनीका साथै राजनीतिक जीवन, शिक्षा,शिक्षण पेशा लगायत विषयमा लिखित मन्तव्य राख्नुभएको थियो ।

उक्त श्रद्धाञ्जली सभामा पूर्व सभामुख कृष्णबहादुर महराले दिपक केसी शिक्षकको जागिरको सिलसिलामा थवाङमा छँदा रोल्पा जिल्लामा कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी (मसाल)का लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीले पार्टी बेग्लाबेग्लै भएपनि जनयुद्धकालमा उहाँलाई पार्टीको नीति अनुसार पटकपटक भेटघाट गरेको र अन्य सहकार्यको सन्दर्भ स्मरण गर्नु भयो । नेपाली कम्युनिस्ट पार्टी प्यूठानका संयोजक भोजविक्रम बुढाले सबै मानिसहरू राजनीतिज्ञ हुन सक्दछन् तर सबै मानिसहरूले राजनीतिक चरित्र र राजनीतिक संस्कार अँगाल्न सक्दैनन् भन्नुभयो । भोजविक्रम बुढाले त्यो राजनीतिक चरित्र र संस्कार केसीमा थियो भन्नुभयो । नेकपा ( माओवादी)का गिरु भुसाल , नेकपा(एमाले) प्यूठानका सचिव इन्द्रमणि जि.सी,नेपाली कांँग्रेैसका प्रमोद खडका लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो ।

सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्यहरु जितामित्र सुनार र अम्विका चन्द सुदृष्टि,४ नम्बर सचिव टिकाराम पौडेल, प्यूठान जिल्ला सचिव वीरबहादुर पुन लगायतका राजनीतिक दलका नेता तथा बौद्धिक व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जली सभा दीपक केसीकै निवासमा सम्पन्न गरिएको थियो ।































