म गाँजा
प्रकृतिको एउटा बनस्पती
जब म पस्छु
एक मनुखेको मुखमा
खलबलिन्छ खोपडी
उड्छ चेत
गुमनाम हुन्छ होस
बदलिन्छ परिचय
र, बन्छ एउटा ‘गँजडी’
गँजडी
सुर बेसुर बर्बराउँछ
अट्टहास हाँसो
हाँस्छ मानिसको दुःखमा
अनायास रुन्छ एकाएक
गाँजाको स्वाद सकिँदा मुखमा
या प्रेमिकाको गाडी रोकिँदा बाटोमा
गँजडी
मानिसलाई किटपतङ देख्छ
किचिमिचि पार्छ बुटले
जसरी राखेर हातमा
माडिन्छ गाँजा या सूर्ती
मित्र ठानेर सुमसुम्याउँछ÷चाट्छ
गल्लीका भुस्याहा कुकुरहरू
र, आफुजस्तै गँजडीहरू
गँजडी
निस्कन्छ जब
मध्यरातमा घरबाहिर
चुपचाप गुप्तस्थान
कोक्याउँदै
क्वाँटी भाषाका ¥याप
टिप्छ ढुङ्गा र हिर्काउँछ मानिसलाई
मानिसको टाउकाबाट भल्भल्ती
बग्न थाल्छ रातो रगत
पेटीमा बसेर धुवाँ उडाउँदै गाँजाको
लपलपी जिब्रो लपलपाउँछ
अभिनय गर्छ रगत पिएको
र, अट्टहास गर्छ बेसुरमा
गँजडी
एउटा खुट्टामा लगाउँछ
छालाको चमकदार जुत्ता
र, पहिरिन्छ अर्को खुट्टामा
तुना छिनेको चप्पल
कहिले काहीँ
फ्राइ हुन्छ जब
मानिसहरुको मष्तिष्क
शून्य हुन्छ चेतना
गँजडीको अनुहारमा
देख्न पुग्छन् साक्षात ‘महादेव’
गँजडी उर्फ ‘महेश्वर’
उस्तै उस्तै लाग्छ भक्तजनलाई
र विराजमान गराउँछन्
चन्द्रसमशेरको भग्नदरबार
छोड्यो भने गँजडीलाई
गँजडीकै सुरतालमा
फेरिन्छ ऊ
समुहमा
बन्छ समाज झन्झन् कुरुप
ढिला गर्नु हुन्न किञ्चित
गँजडीलाई
सुधारकेन्द्र लैजान































