नेपालका प्रधानमन्त्री वालेन्द्र साह संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कतर्फ जाने कुरा बाहिर आएको छभने उक्त भ्रमणको औचित्य र उपलब्धीकाबारेमा पनि बिभिन्न चर्चाहरु हुनथालेका छन् । यसअघि मन्त्रिपरिषदको बैठकबाटै उक्त कार्यक्रममा परराष्ट्रमन्त्रिलाई पठाउने औपचारिक निर्णय भैसकेको अवस्थामा अकस्मात कार्यक्रममा कसरी अदली बदली भयो ? भन्ने जिज्ञासाहरु पनि रहेका छन् । प्रतिपक्षी दलका नेताहरुसँग छलफलगर्न नचाहाने र सञ्चारप्रति नकारात्मक धारणा भएका प्रधानमन्त्रि भएका कारण धेरै कुराहरुमा संसय देखिने गरेको छ । हालसम्मका घटनाक्रमहरुलाई हेर्दा प्रधानमन्त्रि वालेन्द्रको यस पटकको अमेरिका भ्रमण उपलब्धीहीन हुने देखिएको छ । उहाँले आगामी असोज ८ गते (सप्टेम्बर २४) मा महासभामा सम्बोधनगर्ने तालिकासमेत सार्बजनिक गरिएको छ । आगामी असोज ६ (सेप्टेम्बर २२) गतेबाट शुरुहुने महासभामा नेपालका प्रधानमन्त्रीले तेश्रो दिन साँझ सम्बोधनगर्ने तयारी भएको तर टुंगोभने लागि नसकेको पनि बताउने गरिएको छ । राष्ट्र संघको मुख्यालयले नेपालका लागि तयगरेको समयतालिका अनुसारनै प्रधानमन्त्रीले सम्बोधनगर्न लाग्नुभएको पनि नेपालको परराष्ट्र मन्त्रालयले प्रचार गरेको छ ।
प्रधानमन्त्री कार्यालयबाट भ्रमण टोलीमा ५ जना रहने, जसमा प्रधानमन्त्रीका सल्लाहकार, निजी सचिवलगायत भ्रमणमा रहने तयभएको एकातिर प्रचार गरिएको छभने अर्कातिर त्यसबाहेक चिफ अफ प्रोटोकल र सुरक्षा टोली हुनेनै भए । त्यसैगरी प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री पनि सहभागी हुने भनिएको छ । जसमा मन्त्रि, परराष्ट्र सचिवसहित पाँच जनाको टोली भ्रमणमा जाने तयभइसकेको समाचार बाहिर आएको छ । यसरी संख्यात्मक हिसावले प्रधानमन्त्रिको भ्रमण टोली झण्डै दुईदर्जनको हुने देखिएको छ । महासभामा सम्बोधनगर्न जान लाग्नुभएका नेपालका प्रधानमन्त्रीले साथमा बिपक्षी दलका नेता र सञ्चारकर्मीलाई लाने खासै संभावना छैन । उहाँलाई सञ्चार र प्रतिपक्षी भनेपछि मन नपर्ने भएकाले उक्त भ्रमणकाबारेमा धेरै कुराहरु बाहिर आउने संभावना पनि कमै छ । शुरुमा नेपालका प्रधानमन्त्रिको उक्त अमेरिका भ्रमण नहुने भनिएको थियो । तर पछि मुस्ताङ भ्रमणपछि जाने कि ? भन्ने प्रचार गरिएको थियोभने भोटेकोशीको बाढीपछि सामाजिक सञ्जालमा जानैपर्छ भन्ने दबाव बढेको देखिन्थ्यो । जे भएपछि उहाँ संभवत आगामी असोज ६ त्यसतर्फ जानुहुने भएको छ । उहाँको महासभामा बोल्ने बिषय जलबायु परिवर्तन र त्यसले नेपालमा पारेको असर हुने भनिएको छ । तर नेपालका प्रधानमन्त्रिको अमेरिका भ्रमण त्यतिमामात्र सीमित रहने देखिएको छैन । किनकी त्यहाँ हुने साइडलाइन भेट र वार्ताहरु बढी महत्वपूर्ण हुने देखिन्छन् ।
राष्ट्रसंघको संशोधित पछिल्लो तालिकाअनुसार पनि सेप्टेम्बर २४ को दिउँसो ३ देखि ९ बजेसम्म १८ देशका नेताले महासभामा सम्बोधनगर्ने कार्यक्रम छ । जसको १७ औँ नम्बरमा नेपालका हेड अफ गभर्मेन्टले बोल्ने तालिका रहेकाले नेपालका प्रधानमन्त्रिले बोल्नका लागि खासै धेरै समय पाउने संभावना कम छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने उक्त ८१ औँ महासभामा हालसम्म ११८ देशका नेताले सम्बोधनगर्ने सूची बनेको समाचार बाहिर आएको छ । जसमा अधिकांश राष्ट्रप्रमुख, सरकारप्रमुख वा विदेशमन्त्री हुने स्पष्ट छ । भोटेकोशी विपदका कारण प्रधानमन्त्रीले आफैँ महासभालाई सम्बोधनगर्ने तयारी अगाडि बढेको भन्ने गरिएपनि खासमा बर्तमान सरकारमाथि बढेको चौतर्फी राजनीतिक दबावका कारण उक्त भ्रमण हुनलागेको धेरैले आंकलन गरेको अवस्था छ । गत चैतमा बर्तमान सरकार गठन भएपछि एकातिर आन्तरिक राजनीति भाँडिएको छभने अर्कातिर छिमेकी चीन र भारतको नेपालप्रतिको धारणा पनि खासै राम्रो बन्न सकेको छैन । पछिल्लो समयमा नेपालको बर्तमान सरकारप्रति अमेरिकासमेत नाराज बनेको भन्ने टिकाटिप्पणीहरु हुनथालेका छन् । भोटेकोशी बाढीका सन्दर्भमा अमेरिकाले गरेको सीमित सहयोगले पनि धेरै कुराहरु स्पष्ट भएका छन् । बर्तमान सरकार ०७२ को संविधानअनुसार पनि चलिरहेको छैनभने उक्त संविधानमा संशोधन गर्न÷गराउन पनि नसक्ने अवस्थामा पुगेको छ । प्रधानमन्त्रिले संसदीय बहुदलीय ब्यवस्थाप्रति गरेको बेवास्ता र आफ्नै पार्टीप्रति गरेको उपेक्षाकाबारेमा पनि बिभिन्न चर्चा परिचर्चाहरु भैरहेका छन् । पार्टीका सभापतिले संसदीय दलको बैठक बोलाउनु परेको देखिन्छ । जुन बैठकमा संसदीय दलका नेता भनिएका प्रधानमन्त्रि स्वयं उपस्थित नहुनेगरेका अनेक उदाहारणहरु रहेका छन् । संसदमा रहेका प्रतिपक्षी दलहरुले प्रधानमन्त्रिकातर्फबाट सर्बदलीय बैठकको माग गरिरहेका छन् । तर हालसम्म प्रधानमन्त्रिबाट त्यस्तो बैठकको आयोजना हुने कुनै संभावना देखिएको छैन ।
देशमा प्राकृतिक प्रकोपका घटना एकपछि अर्को घटिरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्रिको प्रिय सामाजिक सञ्जाल हुँदाहुँदै न्युयोर्कसम्म किन दुख पाउनु प¥यो ? यतैबाट भाषण सामाजिक सञ्जालमा राखे हुँदैन र ? भन्ने कतिपयले प्रश्न उठाएकोसमेत देखिएको छ । प्रधानमन्त्रीले महासभामा खासगरी विश्व तापमानलेगर्दा नेपालले भोटेकोशीजस्तो विपद् भोग्नुपरेकोले त्यसको क्षतिपूर्ति र न्यायको कुरा उठाउने भनिएको छ । तर अन्तराष्ट्रिय मञ्चमा उठाउने बिषयकाबारेमा प्रतिपक्षी दलहरुसँग पनि छलफल भएको छैनभने संसदको बैठक चलिरहेको हालको अवस्थामा सार्बभौम संसदमा पनि छलफल पनि भएको छैन । प्रधानमन्त्री भएको पाँचौं महिनामा वालेन्द्र शाहको यो पहिलो विदेश भ्रमण हुने भएकाले त्यसको चर्चा पनि अलग्गै छ । किनकी उहाँले यसअघि पहिलो विदेश भ्रमण भारतबाटैगर्ने तयारी गर्नुभएको बताइन्थ्यो । छिमेकी चीनले पनि उहाँको भ्रमणका लागि संकेत देखाएको थियो । तर उहाँले त्यसतर्फ खासै चासो नराखेको देखिएको छ । के भनिन्छभने प्रधानमन्त्री वालेन्द्रले न्युयोर्कका रहँदा सम्भव भएसम्म नेपालको आन्तरिक राजनीतिमा आवश्यकताभन्दा बढी चसो राख्दै आएका अमेरिका, चीन र भारतको नेतृत्वसँग संक्षिप्त वार्तागर्ने चाहना राख्नु भएको छ । तर राष्ट्रसंघको सूचीमा हालसम्म भारतबाट विदेशमन्त्रीले सम्बोधनगर्ने उल्लेख भएकाले प्रधानमन्त्री नरेन्द्र मोदी न्युयोर्क नजाने संभावना छ ।
सेप्टेम्बर २६ मा चीनका उपराष्ट्रपति हान चङ र भारतका विदेशमन्त्री एस जयशंकरले महासभामा सम्बोधनगर्ने हालसम्मको कार्यतालिका रहेको छ । चीनका राष्ट्रपति सी जिनपिङले त्यही समय अर्थात सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको औपचारिक भ्रमणगर्ने कार्यक्रम रहेपनि राष्ट्रसंघको महासभामा सहभागी हुने कुनै कार्यक्रम देखिएको छैन । सेप्टेम्बर २४ मा वाशिटन डिसिस्थित ह्वाइटहाउसमा चीनका राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता तयगरिएको भनिएको छ । चीन र अमेरिकाबीचको उक्त वार्ताले पनि नेपालको आन्तरिक राजनीतिमा बिशेष अर्थ राख्दछ । भोटेकोशीको बाढी जलवायु परिवर्तनकै कारण आएको होकि होइन भन्नेमा वैज्ञानिक अनुसन्धान भइरहेको बताइन्छ । त्यसको प्रमाणिक टुंगो नलाग्दै त्यसबारे अन्तराष्ट्रिय मञ्चमा प्रश्न उठाउनुलाई पनि राम्रो मनिदैन । यसरी नेपालकमा प्रधानमन्त्रि वालेन्द्रको यस पटकको अमेरिका भ्रमणले खासै उपलब्धी दिन नसक्ने बरु बिभिन्न किसिमका बिवाद बढाउन सक्ने देखिएको छ । उहाँले शुरुकै निर्णयलाई मान्यगर्दै आफ्नो भाबि अमेरिका भ्रमणको कार्यक्रम स्थगितगर्नु उहाँले राजनीतिक जीवनका लागि पनि बढी उपयुक्त हुने देखिएको छ ।






























