‘जलवायु संकट विरुद्ध विश्वभरका युवा एकजुट होऔं’ भन्दै क्रान्तिकारी युवाहरुको प्रदर्शन

‘जलवायु संकट विरुद्ध विश्वभरका युवा एकजुट होऔं’ भन्दै क्रान्तिकारी युवाहरुको प्रदर्शन

काठमाडौं । हिमालको पीडा बुझौं, भोटेकोशीको चित्कार सुनौं, जलवायु न्याय लागू गरौं भन्ने मूल नाराका साथ जलवायु संकट समाधानका लागि जनचेतना तथा सन्देश मूलक कार्यक्रम सम्पन्न गरिएको छ । क्रान्तिकारी युवा संघ नेपालले ‘जलवायु संकट विरुद्ध विश्वभरका युवा एकजुट होऔं’ भन्ने आव्हानसहित माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

हिमाल बचाऔं, प्राकृतिक प्रकोप घटाऔं, जीवन बचाऔं, सेभ द अर्थ, जलवायुको क्षति पूर्ति दे लगायतका नारासहित गरिएको प्रदर्शनमा सयौं युवाहरु सहभागि भएका थिए ।

कार्यक्रमको सञ्चालन क्रान्तिकारी युवा संगठनका नेता झनक श्रेष्ठले गर्नुभएको थियो भने सम्बोधन संगठनका संयोजक दोर्जी शेर्पा र सचिवालय सदस्य गोविन्द काफ्लेले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले औद्योगिक राष्ट्रहरुको कार्वन उत्सर्जनको मूल्य नेपाल जस्ता हिमाली राष्ट्रहरुले चुकाउनु परेको भन्दै भोटेकोशी बाढीलगायतमा औद्योगिक राष्ट्रसँग क्षतिपूर्तिको जोडदार माग गर्नुभयो ।