क्रान्तिकारी माओवादीद्वारा क.कृष्णदास श्रेष्ठको निधनप्रति शोक वक्तव्य जारी

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता, अग्रज तथा अभिभावक कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले हार्दिक श्रद्धासुमन व्यक्त गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’द्वारा शनिवार जारी गरिएको शोक वक्तव्यमा उक्त कुरा जनाइएको हो । विज्ञप्तिको सुरुमा भनिएको छ– ‘नेपालको […]

रहेनन् कृष्णदास श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता, अग्रज तथा अभिभावक कृष्णदास श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको काठमाडौं शंखमूलस्थित आफ्नै घरमा दिउँसो १ बजेर ४० मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । दर्शन, राजनीति र सिर्जनालाई संगसंगै लिएर हिंड्नसक्ने वरिष्ठ नेता तथा सर्जक श्रेष्ठ आफैमा दार्शनिक तथा राजनीतिक चिन्तक […]

सहर परिक्रमापछि गुलरियामा भव्य जनसभा सम्पन्न 

गुलरिया। बर्दियाको गुलरियामा जनसभा भव्य रुपमा सम्पन्न भएको खबर प्राप्त भएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेचीमहाकाली अभियान अन्तर्गत शनिवार दिउँसो भएको उक्त जनसभालाई मोर्चाका केन्द्रीय सचिव परि थापा र नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय समिति सदस्य धनेश्वर पोखरेलद्वारा सम्बोधन गरिएको छ । उक्त जनसभाको सञ्चालन देजमो केन्द्रीय सदस्य केशव अधिकारीले गरेका थिए । उपस्थित […]

राजविराज र कल्याणपुरमा सम्बोधन

राजविराज । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेचीमहाकाली अभियान टिमले प्रदेश नम्बर १ को चार दिवसीय जनजागरण अभियान भव्य रुपमा सम्पन्न गरी प्रदेश नम्बर २ मा प्रवेश गरेको छ । प्राप्त खबरअनुसार शुक्रवार दिउँसो प्रदेश नम्बर २ मा प्रवेश गरे लगत्तै सप्तरी जिल्लाको राजविराजमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई देजमो केन्द्रीय अध्यक्ष सीपी गजुरेल र […]

टीकापुरमा जनसभा सम्पन्न

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको पश्चिम नेपालमा मेचीमहाकाली जनजागरण अभियान लिएर गएको टोलीले टीकापुरमा जनसभा भव्य रुपमा सम्पन्न गरेको बताएको छ । जनसभामा उपस्थित जनताको सहभागिता यहाँ निकै उत्साहजनक रहेको पनि बताएको छ । प्रदेश नम्बर ७ को अन्तिम जनसभाको रुपमा रहेको यो सभालाई देशभक्त जनगणतान्त्रिक मोचा नेपाल केन्द्रीय सचिव परि थापाले सम्बोधन गरेको […]

कैलालीको भजनीमा जनसभा सम्पन्न

कैलाली । कैलालीको भजनीमा शुक्रवार बिहानै जनसभा भव्य रुपमा सम्पन्न भएको खबर प्राप्त भएको छ । विसाल जनसहभागितामा सम्पन्न उक्त जनसभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिव परि थापाले अभियानका क्रममा सचेत जनताहरु अबको नयाँ संघर्षमा आबद्ध हुन थालेका र आफूहरु त्यसका लगि नेतृत्व दिन तयार रहेको बताएका छन् । उनले देश सोचेको भन्दा […]

दलाल सरकारका कारण जनताले दुख पाएका छन् : परि थापा

कैलाली । देशभक्त जनगणतान्त्री मोर्चा नेपालका केन्द्रीय सचिव परि थापाले देशमा दलालहरुको शासन व्यवस्था कायम भएकाले जनताले दुख पाएको बताएका छन् । उनले केपी ओलीको सरकारले जनतालाई ठूलाठूला सपना देखाउने तर काम भने केही पनि नगर्ने भएकाले देशव्यापी निराशा छाएको र ओली सरकारको राजमा राष्टघात, जनघात र जनविरोधी गतिविधिहरु निकै चुलिएर गएको कुरा खुलासा गरेका […]

चितवन बालकुमारी कलेजमा अखिल क्रान्तिकारी

काठमाडौं । चितवन बालकुमारी कलेजमा भएको इकाइ भेलाले एक सशक्त नेतृत्वसहितको इकाइ कमिटी निर्माण गरेको छ । कमिटी मिलन सुनारको अध्यक्षतामा निर्माण भएको हो । उक्त कमिटीका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मनुकुमार घले, सचिव सुदर्शन तिमिल्सिना, सहसचिव प्रवीण ढकाल र कोषध्यक्ष सन्ध्या ठाकुर रहेका छन् । त्यसै गरी सदस्यहरुमा राजकुमा गुरुङ, प्रतिक कँडेल, समीक्षा ठकुरी, राजकुमार […]

मेचीमहाकाली जनजागरण अभियान टोलीद्वारा कञ्चनपुरको पुनर्वासमा सीमा अतिक्रमित क्षेत्रमा भ्रमण अवलोकन

कञ्चनपुर । मेची महाकाली जनजागरण अभियानको टोलीले कञ्चनपुरको पुनर्वास–४ गोविन्द बजारभन्दा अगाडि रहेको बिबादित सीमा क्षेत्रमा भ्रमण अवलोकन गरेको छ । अबलोकन भ्रमणसँगै नेतारुले सीमा रक्षाका लागि जस्तो सुकै आन्दोलन गर्न र बलिदानी गर्न पनि तयार रहेको बताएका छन् । यसै क्रममा जनभेटघाटमा भेटिएका जनताले पनि देशको सीमा बचाउनमा लाग्ने पार्टीलाई आफ्नो साथ रहने बताएका […]

मेची–महाकाली अभियानमा आज : सीमा अतिक्रमित भूमिको निरीक्षण, कोण सभा, जनतासँग अन्तरक्रिया

झापा । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले हिजोबाट शुरु गरेको मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान अन्तर्गत सुदुरपूर्व र सदूरपश्चिमको टोलीले आज सीमा अतिक्रमित क्षेत्रको निरीक्षण, कोणसभा र सीमा क्षेत्रका जनतासँग अन्तक्र्रिया लगायतका कार्यक्रम गर्ने कार्यतालिका बनाएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले नेतृत्व गरेको पूर्व झापाबाट सुरु गरेको मेची–महाकाली अभियान टोलीले आज […]