त्रिशुलीको बाढीबाट क्षति पुगेकामा क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा दुःख व्यक्त

त्रिशुलीको बाढीबाट क्षति पुगेकामा क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा दुःख व्यक्त

धादिङ, १० भाद्र । धादिङ जिल्ला भएर बहने त्रिशुली नदीमा आएको भीषण बाढीका कारण किनारका बस्तीहरूमा ठूलो जनधनको क्षति भएकोप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, धादिङ जिल्ला समितिले गहिरो दुःख व्यक्त गरेको छ।

पार्टीका धादिङ जिल्ला सेक्रेटरी विश्वासुद्वारा आज जारी प्रेस विज्ञप्तिमा बाढीका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै संकटको यस घडीमा जनताको जिउधनको रक्षाका लागि अविलम्ब प्रभावकारी कदम चाल्न सरकारसँग जोडदार माग गरिएको छ।

विज्ञप्तिमा केन्द्रदेखि स्थानीय तहसम्मका सम्पूर्ण जनशक्ति परिचालन गरी उद्धार र राहत कार्यमा तदारुकताका साथ लाग्न सरकारको ध्यानाकर्षण गराइएको छ।

साथै, पार्टीले यस महा(विपद्को घडीमा पूर्ण मानवीय भावनाका साथ उद्धार तथा राहत कार्यमा जुट्न आफ्ना धादिङ जिल्ला कमिटीका नेता, कार्यकर्ता, मातहतका सदस्यहरू तथा सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक अनुरोध समेत गरेको छ।