‘वाइड बडी’ बिमान भित्रिएपछि धराशायी हुँदै निगम

काठमाडौं । पेशागत उडानका हिसाबले नेपाल वायु सेवा निगम निकै जोखिममा रहेको छ । यसले एक त अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानहरु खरिद र परिचालन गर्न सकेको छैन । अर्को कुरा, खरिद गरिएको वाइड बोडी विमान ग्राउन्डेड अवस्थामा छ । भर्खरै मात्र २४ अर्बमा खरिद गरिएका दुईवटा वाइड बडी विमानहरु हाल भारत, पाकिस्तानको उडानमा सीमित भएका छन् […]

९ महिनामा ७ लाख ७२ हजार ८ सय १६ पर्यटक नेपाल भित्रिए

काठमाडौं । २०७५ यो वर्ष नेपाल घुम्न आउने बाह्य पर्यटकको संख्या केही बढेको छ । सन् २०१८ को ९ महिनामा ७ लाख ७२ हजार ८ सय १६ विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ लाख ८ हजार ८ सय १५ ले बढी हो । २०१७ को ९ महिनामा […]

खप्तड आउने पर्यटकको संख्या एकदमै न्यून

डोटी, फागुन २४ । खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन न्यून मात्रामा पाइएको छ । चालु आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए । निकुञ्जमा बाहृय पर्यटकभन्दा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेको छ ।आन्तरिक पर्यटकलाई निःशुल्क […]

कतार एयरवेजको काठमाडौं–आयरल्याण्ड सेवा शुरु

काठमाडौं । कतार एयरवेजले काठमाडौंदेखि दोहा हुँदै आयरल्याण्डको डब्लिनसम्म सीधा हवाईसेवा शुरू गरेको छ । हप्तामा २४ उडान गर्ने यो हवाईसेवा सोमवारवाट शुरू भएको हो । यो रुटमा यसअघि गुणस्तरीय हवाईसेवा नभएकाले डब्लिनसम्म सीधा हवाई सेवा शुरू गरेको कतार एयरवेजका नेपाल निर्देशक जयप्रकाश नायरले बताए । कतार बहुसङ्ख्यक नेपालीको श्रम गन्तव्य रहेको र आयरल्याण्डमा पनि […]

प्रत्येक वर्ष दुई पर्यटकको लेक लागेर मृत्यु

मुस्ताङ, १३ वैशाख – हिमालपारिको जिल्ला मुस्ताङमा वर्षेनि दुईजना पर्यटकको लेक लागेर मृत्यु हुने गरेको छ । कागबेनीदेखि उपल्लो क्षेत्रमा पुग्ने पर्यटकको यसरी ज्यान गएकोे प्रहरीको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय एक महिनाअघि चैत १२ गते मुक्तिनाथ दर्शन गर्न पुगेका भक्तपुरका रामकृष्ण खत्रीको ज्यान गएको थियो । गत असोजमा दोलखाका राजाराम तामाङको ज्यान गएको […]

आन्तरिक पर्यटकले मुस्ताङको होटल भरिभराउ

मुस्ताङ, ८ वैशाख । पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङमा आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् । चैत महिनाको पहिलो सातादेखि नै पर्यटकको आवागमन बढ्न थालेपछि जिल्लाका होटलहरु अग्रिम बुकिङ हुन थालेका हुन् । अनुकूल मौसममा मुस्ताङमा पोखरा–जोमसोम हवाई मार्गबाट समेत पर्यटक भ्रमणमा आउने गरेका छन् । फागुन अन्तिम सातादेखि असोज महिनासम्म मुस्ताङ भ्रमणका लागि उपयुक्त […]

चीनले आफ्ना नागरिकलाई भन्यो, ‘तत्काल नेपाल भ्रमण नगर्नु’

काठमाडौं । चीनले आफ्ना नागरिकहरूलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । चीन सरकारले ट्राभल अपरेटरहरूमार्फत आन्तरिक रूपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो । चीनको चेन्दु सहरबाट सञ्चालनमा रहेको पर्यटनसम्बन्धी प्रमुख एजेन्सी चाइना इन्टरनेसनल ट्राभल सर्भिस (सीआईटीएस) ले चिनियाँ सरकारी निकायले त्यस्तो सन्देश दिएको भन्दै नेपालमा रहेका आफ्ना समकक्षी अपरेटरहरूलाई त्यस्तो जानकारी […]

विश्वव्यापी पर्वतारोहणको आयोजना गरिने

काठमाडौं । आगामी चैत्रमा काठमाडौंमा विश्वव्यापी पर्वतारोहणसम्बन्धी प्रदर्शनी हुने भएको छ । पर्यटन बोर्डले साझेदार संस्थासंग मिलेर काठमाण्डौंमा यस्तो प्रदर्शनी गर्ने भएको हो । उत्पादन, सेवा, सुचनाप्रविधि तथा साहसिक पर्वतारोहण सम्बन्धी अन्तराष्ट्रिय गन्तव्य समायोजनको लागि प्रदर्शनी गर्न लागिएको पर्यटन बोर्डले जनाएको छ । काठमाडौमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोर्डले प्रदर्शनीमा २ सय भन्दा धेरै देशको […]

नेपालमा बन्यो एशियाकै लामो र अग्लो झोलुङ्गे पुल

काठमाडौं । पर्वत जिल्लाको सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न बनेको तीनसय ५९ मिटर लामो र एक सय ५७ मिटर उचाइको झोलुङ्गे पुललाई एशियाकै लामो र अग्लो भएको दावी गरिएको छ । मोदीखोलाको खोँचमा निर्माण भएको सो झोलुङ्गे पुल सिङ्गल स्पानबाट निर्माण गरिएको हो । निर्माण कम्पनी ‘मुक्तिनाथ एण्ड ओम गिता जेभि’ले स्थानीयको सहयोग र निर्माण […]

विश्व पर्यटन दिवस औपचारिकतामै सीमित

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात अन्तर्राष्ट्रिय पर्यटन दिवस नेपालमा पनि विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । ‘सबैका लागी पर्यटनः पहुँचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन’ भन्ने नारासहित मनाइएको पर्यटन दिवसको अवसरमा मंगलबार बिहान राजधानीमा प्रभातफेरीको आयोजना गरिएको छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध […]