
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ वाम घटकले राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी, नेपाली सेनाकाे असंलग्न परराष्ट्र नीति विपरीतका गतिविधि र जनजीविकाका समस्याहरुलाई लिएर बिहिबार देशैभर विराेध प्रदर्शन गर्दैछन् ।
पुर्वघाेषित कार्यक्रम अनुसार नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा मसाल समन्वय समिति, नेकपा, माओवादी कम्युनिस्ट पार्टी नेपाल, संयुक्त क्रान्तिकारी माेर्चा, नेपालले संयुक्त रुपमा सातवटै प्रदेशका सहर तथा सदरमुकामहरुमा विराेध प्रदर्शनकाे आयाेजना गरेका छन् ।
काठमाडौं, विराटनगर, जनकपुर, पाेखरा, बुटबल, धनगढी, सुर्खेत लगायत अन्य जिल्लाहरुमा पनि विराेधका कार्यक्रम तय गरिएका छन् ।