काठमाडौं । अखिल (क्रान्तिकारी)ले संगठनका केन्द्रीय सदस्य मनाेज थापाकी ममतामयी आमा यमुना थापाकाे ४४ बर्षकाे अल्पायुमै भएकाे निधनप्रति गहिराे दुःख व्यक्त गर्दै मृतक यमुना थापाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।
संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले एक शाेक वक्तव्य जारी गर्दै केस मनाेज थापालगायत शाेकसन्तप्त परिवारजनप्रति गहिराे समवेदना समेत व्यक्त गर्नुभएकाे छ ।
प्युठान जिल्लाकाे झिम्रुक गाउँपालिका वडा नं. १ निवासी यमुना थापाकाे उपचारकाे क्रममा मंगलबार विहान ३:३० बजे वीर अस्पतालमा निधन भएकाे थियाे । उहाँका तीन छाेरा र श्रीमान हुनुहुन्छ । उहाँकाे मंगलबारै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर