झर्रोटर्रो : अरिङ्गालको कथा

हिजोआजको मौसम अरिङ्गालले साम्राज्य फैलाउने मौसम हो । यो बर्खाका महिनामा अरिङ्गालले जताततै गोलो लाउने गर्च । जङ्गलका ठूल्ठूला रुखका हाँगाहरूमा ठूल्ठूला गोलो बनाएर अरिङ्गालले आफ्ना सन्तान फैलाउँच । यसरी फैलिएका अरिङ्गालले किसानका खेतबारी, घरआँगन, करेसाबारी, बगैँचा जताततै साम्राज्य फैलाएर मनुखे जगतमा आतङ्क मच्चाउँच । किसानले खेती गरेका मकैका घोगामा दुलो पारेर खाइदिने, मकैबारीमा मनुखे […]

भारतीय मिचाहा प्रवृत्ति र नेपाली कठपुतली सरकार

नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका केही क्रान्तिकारी पार्टीहरु तथा देशका केही प्रबुद्ध सीमा विज्ञहरुको विरोध र प्रदर्शनपछि ओली सरकारले नेपालको नापी विभागले तयार पारेको नक्सा प्रयोग गर्नू भनी आफूमातहतका सरकारी कार्यालयहरुमा पत्राचार गरेको पाइएको छ । त्यसो त काम कर्तव्यका हिसाबले सरकार आफै नै राष्ट्र र राष्ट्रिय स्वाभिमान तथा देशका जनताको संरक्षक […]

आगोसँग नजिस्कन रुस–चीनको चेतावनी

चीनलाई लक्षित गरी पहिलो पटक अमेरिकाले नाकाबन्दी लगाएपछि चीनले अमेरिकालाई आगोसँग नजिस्कन शुक्रवार चेतावनी दिएको छ । यदि यो चेतावनीको बेवास्ता गरेमा अमेरिकाले यसको परिणाम भोग्नु पर्ने पनि बताइएको छ । अमेरिकाले चीन र चिनियाँ सैनिकका नाममा गरेको नाकाबन्दी रुसी नाकाबन्दीको विषयसँग जोडेर गरिएको हो । तर यो नाकाबन्दी चीनका लागि भने पहिलो पटक हो […]

अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन भव्य रुपमा सम्पन्न

काठमाडौं । अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम काभ्रेमा भव्य रुपमा सम्पन्न भएको छ । संगठन निर्माण तथा जनपरिचालन अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई समुद्घाटन गर्दै प्रमुख अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको यो दोस्रो राष्ट्रिय […]

क्रान्तिकारी माओवादी कञ्चनपुरको सम्मेलन सम्पन्न, सेक्रेटरीमा विक्रान्त निर्वाचित

कञ्चनपुर । ‘दलाल संसदीय व्यवस्थाको भण्डाफोर गरौं, नयाँ जनवादी क्रान्तिको बाटोमा अगाडि बढौं’ भन्ने मूल नाराका साथ सम्पन्न भएको नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरको चौथो जिल्ला सम्मेलनले पार्टीको जिल्ला सेक्रेटरीमा विक्रान्तलाई निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न सम्मेलनले विक्रान्तको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो । क्रान्तिकारी माओवादीका पिविएम तथा ७ नं. प्रदेश सचिव […]

अनेरास्ववियु (क्रान्तिकारी)को उपत्यका जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) उपत्यका जिल्लाको सम्मेलन शुक्रवार बालाजुस्थित इञ्जिनियरिङ कलेजमा भव्य रुपमा सम्पन्न भएको छ । सीटीईभीटी अन्तर्गत रहेका अध्ययन संस्थानहरुलाई अखिल (क्रान्तिकारी)ले उपत्यका जिल्लाका रुपमा समावेश गरेको छ । जिल्ला सम्मेलनले दिनेश गिरीको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरेको छ । उक्त सम्मेलनका अवसरमा कालीकोट जिल्लाका नेपाल विद्यार्थी संघका […]

६ नं.मा बादल र ५ नं. मा दाहाल पक्षधरबीच शीत युद्ध

काठमाडौं । नेकपाले पार्टी केन्द्र निर्माणपछि लगातार अभ्यास गरिरहेको प्रदेश कमिटीको टुंगो लगाउँदै गर्दा ६ नम्बर प्रदेशमा गृहमन्त्री बादल पक्षबाट विद्रोह भएपछि ओली प्रचण्डको टाउको केही दिन अझैं दुख्ने भएको छ । ५ नं. प्रदेशमा पुर्वी रुकुमका गणेशमान पुनले अध्यक्षमा दाबी गर्दा र ६ नम्बर प्रदेशका बादल पक्षका मान्छे मायाप्रसाद शर्माले केन्द्रले तोके अनुसार आफू […]

जनता भन्छन् : को मन्त्री र को माफिया, छुट्याउनै गाह्रो भो !

काठमाडौं । सर्वसाधरण जनताले मन्त्री र माफिया छुट्याउन गाह्रो भएको गुनासो गर्न थालेका छन् । जनता चाहन्छन् मन्त्री भन्नेले त महंगी पो घटाउनु पर्छ । तर ऊ नै महंगी बढाउँछ । मन्त्रीले उद्योग खोल्नुपर्ने, तर ऊ नै चलिरहेको उद्योग बेच्छ । मन्त्रीले वृक्षा रोपण गर्नु पर्ने, तर ऊ नै चारकोशे झाडी फाँड्न उफ्रदै निर्णय गर्छ […]

प्रलेसमा वैचारिक बहस : ‘यलेस ’ हुने वा ‘प्रलेस’ ?

काठमाडौं । प्रगतिशील लेखक संघ नेपालमा एक पटक फेरि विचार बहसको आवश्यकताको जरुरी छ । यो समय र परिस्थितिको माग पनि हो । प्रलेसले अफ्नो जीवनको ६६ औं वसन्त पनि पार गरिसकेको छ । उपरिसंरचनामा यो वा त्यो नयाँ टोपी र अनुहारहरु फेरेर मात्र यसमा गति आउने पनि देखिदैन । वा, यसलाई विघटन गरौं न […]

चीन–अमेरिका सैन्य रगंमञ्चतिर सोझिदै

काठमाडौँ । अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । चिनियाँ सेनाले मस्कोबाट अत्याधुनिक हातहतियारहरु किन्ने भनी निर्णय गरे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन् । अमेरिकाको यो घोषणापछि चीन–अमेरिकाको व्यापार युद्ध अब व्यापारिक सीमारेखा नाघेर सैन्य रंगमञ्चमा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्क्षेप गरेको भनी व्यापक रुपमा […]