काठमााडौ । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले बगाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको छ भने १४ जना घाइतेलाई शिक्षण अस्पतालमा उपचार हुदैछ । बाढीपछि खोज तथा उद्धारका क्रममा रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा १४ वटा शव फेला परेको बागमती प्रदेश प्रहरीले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रमा खोजी तथा उद्धारको काम जारी छ। नदीमा बाढीको बहाव तीव्र रहेकाले तटीय क्षेत्रमा समेत खोजीलाई प्राथमिकता दिइएको छ।
यस्तै, बाढीमा परी घाइते भएका १९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको डीआईजी रेग्मीले जानकारी दिए। उनका अनुसार बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ।
बेपत्ता तथा प्रभावितको खोजी र उद्धारका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय परिचालन गरिएको छ। क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ
रसुवा बाढीमा घाइते भएका तीन महिनाको बच्चासहित १४ जनालाई हेलिकप्टरबाट उद्धार गरेर त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।
बुधबार बिहान भोटेकोसी नदीमा आएको बाढीले जनधनको क्षति गरेको छ। अहिलेसम्म सात जनाको शव भेटिएको छ भने कयौं घाइते भएका छन्।
घाइतेलाई हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँ ल्याउन थालिएको छ। उनीहरूमध्ये १४ जनालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोसायाले जानकारी दिए।
‘अहिलेसम्म १४ जना घाइतेलाई ल्याइएको छ। उनीहरूमध्ये एक जना तीन वर्षको बच्चा रहेको छ,’ रोसायाले नेपालखबरसँग भने, ‘एक जनको अवस्था गम्भीर छ, आईसीयूमा राखेर उपचार भइरहेको छ।’
त्यस्तै, तीन जना घाइतेलाई ट्रमा सेन्टरमा ल्याइएको छ। तीनै जना नुवाकोटका रहेका छन्। घाइते तीन जनामा दुई पुरुष र एक जना महिला रहेको ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा। रुद्र मरासिनीले जानकारी दिए।
उनीहरूको पेट, हात र कम्मरमा चोट लागेको छ। तीनै जनालाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ।




























