पश्चिम भारत क्षेत्रीय समितिले १७ सदस्यीय चयन गर्दै भेला सम्पन्न

पश्चिम भारत क्षेत्रीय समितिले १७ सदस्यीय चयन गर्दै भेला सम्पन्न

मुम्बई । अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको भेला २३ अगस्त २०२६ का दिन १७ सदस्यीय चयन गर्दै भेला सम्पन्न भएको छ। केश बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिवालय सदस्य पूर्ण थापाले उद्घाटन गर्नु भएको थियो।
न्यायपूर्ण आन्दोलनमा शहादत प्राप्तगर्नु हुने ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण गर्दै कार्यक्रममा उपस्थित अतिथि लगायत समस्त जनसमुदायलाई मान बहादुर थापाले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन भूपाल तरामुले गर्नु भएको थियो । उक्त भेलाले केश बहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय पश्चिम भारत क्षेत्रीय समितिको चयन गरेको छ।
अध्यक्ष– केस बहादुर थापा, उपाध्यक्ष–भूपाल तरामु, सचिव– पूर्ण बहादुर थापा, सहसचिव, ज्ञान बहादुर राहादी, कोषाध्यक्ष–रीता श्रीस, सदस्यहरुमा– मान बहादुर थापा, माया थापा, शान्ति घर्ती मगर, मोनिका घर्ती मगर, मित्रा देवी गुरुङ , सोमा रहादी, बेल कुमारी तरामु, बल बहादुर राना, नवीन राना, सन्दीप थाप, तिलक तरामु र याम कली थापा रहनु भएको छ।