क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्तासँग दाङका पत्रकारहरुको भेटघाट कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्तासँग दाङका पत्रकारहरुको भेटघाट कार्यक्रम सम्पन्न

भदौ ८ दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङको आयोजनामा घोराहीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दाङको सभाहलमा भएको पत्रकार भेटघाट कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रबक्ता तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले हालै सम्पन्न पार्टी पोलीटब्युरोको बैठकले गरेका निर्णयका बिषयमा प्रस्ट पार्नुभएको थियो । उहाँले बर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, रास्ट्रिय परिस्थिति र संयुक्त मोर्चा निर्माणको अवधारणा बारे आफनो पार्टीको धारणा लगायतका बिषयमा स्पष्ट पार्नुभएको थियो ।
अन्तर्राष्ट्रिय परिस्थितिमा ईरान, ईजरायल तथा अमेरीकाबीचको क्षेत्रीययुद्ध,अमेरीकासँग टक्कर लिदै आएका शक्ति सम्पन्न देशहरु रुस,चिन र उत्तरकोरीयाको अबस्था, हर्मुज जलडमरु अमेरिकाको लागि प्रतिकुल अबस्था,युरेनियम सम्बर्द्धनका लागि अमेरिकीले साउदी अरेबियालाई प्राबिधिक सहयोग गर्ने बिषय, दक्षिण एसियामा अमेरिकी प्रभुत्व,रुस युक्रेन युद्ध , युद्धको कारण भएको मुद्रास्फिति,महङ्गी, आर्थिक संकट, बेरोजगारी र कम्युनिस्ट आन्दोलन पुनः जागृत हुने र अन्तर्राष्ट्रिय मन्च बन्ने सम्भावनाको बिषयमा बोल्नुभएको थियो ।
यस्तै रास्ट्रिय परिस्थितिमा कठपुतली सरकारको स्थापना र लोकतन्त्रबादी भन्नेहरुको हालत खराब हुँदै गरेको अबस्था, सुकुम्बासी समस्या,भारतसँग फौजदारी बिषयमा गरिएको राष्ट्रघाती सम्झौता, लगायतका बिषयमा कुराकानी गर्नुभएको थियो।
यस्तै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दाङ जिल्ला इन्चार्ज होमबहादुर खड्का हुकुमले सुकुम्बासी समस्या, मिटरव्याज पिडितहरुले भोग्नु परेका समस्या लगायतका बिषयमा आफनो भनाइ राख्नु भएको थियोे । यस्तै दाङ सचिव मोतिराम खड्काले आफुहरु सुकुम्बासी र मिटरव्याज पिडितहरुको समस्यासँग लडिरहेको र उक्त समस्याबाट कहिल्यै नभाग्ने भन्दै फटाहहरुलाई सुख नदिने चेतावनी दिनुभयो ।
दाङ सचिव मोतिराम खड्काको अध्यक्षता र जिल्ला ईन्चार्ज हुकुमको संचालनमा भएको कार्यक्रममा पाटीका बैकल्पिक पिविएम अम्बिका चन्द र केन्द्रीय सदस्य नारायण भण्डारीको उपस्थिति रहेको थियोे ।
भदौ ८ गते सोमबार भएको उक्त पत्रकार भेटघाट कार्यक्रम सकिए लगत्तै पार्टीका स्थायी समिति सदस्य तथा पार्टीका प्रबक्ता सुदर्शनले दाङ जिल्ला पार्टीका सदस्यहरुलाई पाटी पोलिटब्युरो बैठकका निर्णय नीति कार्यक्रम तथा समसामयिक बिषयमा प्रशिक्षण दिनु भएको थियोे ।