खोकनाबासीमाथि गरिएको प्रहरी दमनको नेवाः मोर्चाले ग¥यो घोर विरोध, फास्टट्रयाकको जेरो प्वाइन्ट महानगरबाहिर डुकुछापमा लान जोरदार माग

काठमाडौं । असार २० गते शनिबार ललितपुर महानगरपालिका अन्र्तगत खोकनाको सिकालीस्थित सिडोलमा आआफ्नो खेतमा धान रोप्न गएका खोकनाबासी नेवाः जनसमुदायमाथि सशस्त्र पुलिसले लाठी चार्ज, टियर ग्याँस र हवाइ फायर गरी दमन गरेका घटनामाथि गम्भिर रुपमा ध्यानाकर्षण भएको भन्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालले प्रहरी दमनको घोर निन्दा एंव् भत्सर्ना गर्दै क्षोभ प्रकट गरेको छ र […]

ओलीसँग आत्मसमर्पण गर्ने पार्टी फुटाउने ? : संकटमा प्रचण्ड

काठमाडौं । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै नछोड्ने चट्टानी अडानमा केपी शर्मा ओली देखिएपछि डबल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीसँग आत्मसमर्पण गर्ने कि पार्टी फुटाउने संकटपूर्ण स्थितिमा पुगेका छन् । ९ सदस्यीय सचिवालयमध्ये ६ जना, ४४ सदस्यीय स्थायी समिति सदस्यमध्ये ३० जनाले एकस्वरमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा दिन माग […]

अखिल क्रान्तिकारीद्धारा आषाढ २१ गते र २२ गतेका लागि आन्दोलनको घोषणा

आषाढ १९ गते काठामान्डौ, प्राप्त जानकारीअनुसार यहि आषाढ २१ गते अखिल क्रान्नितकारीको आयोजनामा राष्टघाती एमसीसी परियोजना सम्झौता खारेजीको माग सहीत माइतीघर मण्डलामा दिको ठिक १ बजे विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेकोेछ । साथै उक्त विरोध कार्यक्रममा सम्पर्ण देशभक्त तथा राष्टियता पक्षधर शक्तिहरुको उपस्थितिका लागि आव्हान समेत गरिएको छ । त्यसैगरी प्याव्सन र एनप्याव्सनद्धारा […]

एमसीसी सम्झौता विरुद्ध ११ दलीय मोर्चाको पोखरामा प्रदर्शन – with vedio

पोखरा । पोखराको लखनचोकमा ११ दलीय संयुक्त मोर्चाद्वारा एमसीसी सम्झौताको बिरोधमा प्रदर्शन गरेको छ । सभालाईसम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य एवम् ४ नम्बर प्रदेश सेक्रेटरी कमरेड केश बहादुर परियारले एमसीसी परियोजना भूमण्डलीकृत आर्थिक राजनीतिक उद्देश्यबाट नेपालमा सामरिक महत्तोको मुद्दा बनाएर प्रवेश गरेको हिन्द प्रसान्त रणनीतिको अंग भएको बताएका छन् । एनले […]

पोखराको लखनचोकमा एमसीसी सम्झौताको बिरोधमा ११ दलीय संयुक्त मोर्चाद्वारा विरोध सभा सम्पन्न

असार १७ पोखरा, पोखराको लखनचोकमा एमसीसी सम्झौताको बिरोधमा ११ दलीय संयुक्त मोर्चाद्वारा विरोध सभा सम्पन्न गरिएकोछ । उक्त आयोजित सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिट ब्यूरो सदस्य एवंम ४ नम्बर प्रदेश सेक्रेटरी कमरेड केश बहादुर परियारले भनेका छन् –“यो एमसीसी परियोजना भूमण्डलीकृत आर्थिक राजनीतिक उदेस्यबाट नेपालमा सामरिक महत्तोको मुद्दा बनाएर प्रवेश […]

एमसीसीका विरुद्ध निरन्तर सडक संघर्षमा क्रान्तिकारी माओवादी : बुधबार काठमाडौंमा गरियो नाराजुलुससहित विरोधसभा (फोटोफिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशको आयोजनामा एमसीसी खारेजीको जारी संघर्ष अन्तर्गत बुधबार विरोध जुलुससहित विरोधसभा सम्पन्न गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट अमेरिकी साम्राज्यवाद मूर्दावाद, एमसीसी सम्झौता खारेज गर, विदेशी दलाल शासकहरु मूर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल जिन्दावाद लगायत नारा लगाउँदै जमल, भोटाहिटी […]

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणि दुःखीलाई पितृशोक, पार्टी र देजमोद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य हिरामणि दुःखीलाई पितृशोक परेको छ । उहाँका बुबा दाङ तुलसीपुर निवासी पं.देवीराम पौडेलको ८३ बर्षको उमेरमा बुधबार विहान निवासमै निधन हुन पुगेको छ । फोक्सोको क्यान्सरबाट पीडित पौडेल लामो समयदेखि उपचाररत हुनुहुन्थ्यो । दिवंगत देवीराम पौडेल नेकपा (क्रान्तिकारी माओवादी)को तुलसीपुर नगर […]

क. हिरामणि दुःखीका पिता क. देवीराम पौडेलको निधनप्रति हार्दिक श्रद्धाञ्जली

आषाढ १७, काठमान्डौ, ने.क.पा. (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य र इच्छुक प्रतिष्ठानका अध्यक्ष क. हिरामणि दुःखीका पिता क. देवीराम पौडेलको आज विहान ८३ वर्षको उमेरमा निधन भएकोमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सी.पी. गजुरेलले संंगठनको तर्फबाट एक श्रद्धाञ्जली बक्तव्य दिनुभएकोछ, जसको पूर्णपाठ तल दिइएकोछ– हार्दिक श्रद्धाञ्जली ने.क.पा. (क्रान्तिकारी […]

फुटको संघारमा डबल नेकपा ?

काठमाडौं । आन्तरिक कलह अस्वस्थ रुपमा चुलिदै जाँदा सत्तारुढ डबल नेकपा फुटको संघारमा पुगेको छ । जारी स्थायी समितिको बैठकमा पार्टी सचिवालयका पाँच सदस्यसहित अधिकांश स्थायी समितिका सदस्यहरुले एकस्वरमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागेपछि नेकपा फुटको संघारमा पुगेको विश्लेषण गर्न थालिएको छ । आफूलाई भारतले प्रधानमन्त्रीबाट […]

क्रान्तिकारी माओवादी प्रदेश ४ ले भोलि पोखरामा संयुक्त विरोध सभा गर्ने

पोखरा । नेकपा क्रान्तिकारी माओवादी लगायत ११ दलिय संयुक्त मोर्चाले भोलि पोखरामा विरोध सभा गर्ने भएको छ । राष्टघाती एमसीसी सम्झौताको बिरोधमा भोलि असार १७ गते बुधबार १ बजे पोखराको लखनचोकमा संयुक्त मोर्चा (११ दलीय) को आयोजनामा संयुक्त बिरोध कार्यक्रमको आयोजना गर्ने निर्णय भएको नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ का सेक्रेटरी किशोरले बताए । त्यसैगरी […]