पत्रकार सचिर महर्जनलाई मातृशोक

पत्रकार सचिर महर्जनलाई मातृशोक

काठमाडौं । पत्रकार सचिर महर्जनलाई मातृशोक परेको छ । उहाँकी ममतामयी आमा सानुमाया महर्जनको शनिबार साँझ असामयिक निधन भयो । लामो समयदेखि दमको रोगबाट पीडित सानुमाया महर्जनको ८७ बर्षको उमेरमा कीर्तिपुरस्थित पाँगा, टुचालचोकस्थित निवासमै निधन भएको हो । उहाँको आइतबार विहान कीर्तिपुर भंगालस्थित घाटमा अन्त्यष्टी गरिएको छ ।

मृतक महर्जनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका पार्टीका पिविएम दिनेश शर्मा सागर, चिन्तामणि पौडेल, सुरेश श्रेष्ठ, गोर्की श्रेष्ठ, शिव श्रेष्ठ लगायतका नेताहरु भंगाल पुग्नुभएको थियो ।

१९९६ मा जन्मनुभएकी सानुमाया महर्जनका तीन भाइ छोरा र चार बहिनी छोरी हुनुहुन्छ । पत्रकार सचिर महर्जन सात सन्तानमध्ये कान्छो हुनुहुन्छ । उहाँ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पूर्व केन्द्रीय सदस्य पनि हुनुहुन्छ । नेवाः मोर्चा, पत्रकार संगठन लगायतका जबस तथा मोर्चा संगठनमा आवद्ध हुनुहुन्छ । उहाँ स्थापित नेवारी भाषाको दैनिक पत्रिका झिगु स्वणिगमा लामो समय सम्पादकको जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो ।