काभ्रे । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १० नं. क्षेत्रीय ब्युरोको आयोजनामा २४ औं दोरोम्बा हत्याकाण्डको स्मृति दिवस ब्युरो कार्यालय बनेपामा सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको संचालन पार्टी केन्द्रीय सदस्य भरत बुर्जा मगरले गर्नु भएको थियो भने अध्यक्षता ब्यूरोका सचिव सोमान सि तामङ्गले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा रामेछापबासी पार्टी केन्द्रीय सदस्य केशव ढलकोटीले तत्कालीन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकार बीच दांगको हापुरेमा वार्ता भैरहेको बेला प्रतिकृयावादी सेनाले युद्धको नियम उलङ्घन गर्दै पार्टीका रामेछाप जिल्ला नेता बाबुराम तामाङ्ग पुष्प लगायत हित २१ जाना योद्दाहरुलाई समातेर हात खुट्टामा बाँधेर लाइन लगाई नेपाली सेनाले गोली हानी हत्या गरेको स्मरण गर्नुभयो । उहाँले २१ जना सहिदहरुकै नाम र परिचयसहित संक्षिप्तमा चर्चा गर्नु भएको थियो ।





























