सुन सरकार

सुन सरकार

सुन सरकार
हजुर, सुनको सरकार होइसिन्छ,
सुनको दरबारमा बसिसिन्छ,
सुनको झ्यालबाट देश हेरि बक्सिन्छ,
सुनकै थालमा खाना खाइसिन्छ,
सुनकै सिरानी च्यापेर सुनकै सपना देखिसिन्छ ?
हजुरलाई अचम्म लाग्छ—
ूसुकुम्बासीले नागरिकता कसरी पायो ?
ूयो चालकले मोटरसाइकल कसरी चलायो ?
ूयत्रो कर, यत्रो महँगीमा ऊ अझै कसरी बाँचिरहेको छ ?
स्कुल कसरी पढिरहेकोछ,उपचार कसरी गरिरहेकोछ ?
कसरी श्वास फेरिरहेको छ ?
हामि फोहोरी किसान, पसिना गनाउने ?
हाम्रो सम्पत्ति
दुई हात, एउटा साहस
भोलिको आश
हजुर ,
सुनको गाडिमा कुकुरलाई घुमाइसिन्छ
हामीलाई
ूकुकुरखातेू भनेर गाली गरिसिन्छ।
जनताको झुपडीमा डोजर चल्छ,
जनताको सपनामाथि आगो बल्छ,
तर प्रश्न गर्ने अधिकार
किन जलाइन्छरु
मजदुरको आवाज किन डर ?
दलितको पीडा किन अपराध ?
गरिबको नागरिकता किन शंका ?
विद्यार्थीको प्रश्न, श्रमिकको संगठन,
बारम्बार खारेज ?
जनता यातना,जेलको डरले आत्मदाह गर्छ,
मुद्दाको डरले खोलाको भेलमा बग्छ,
सीमामा गोली खान्छ
मृत्युभन्दा ठूलो पीडा
बाँचुन्जेल
स्वाभिमान जल्नु ?
अस्थित्व कुकुर भन्दा कम ?
जनता राज्यका शत्रु ,
प्रतिशोधको निसानि
माटोका सन्तान पसिना झै फोहोरि ?
न सुनको दरबार न भ्रष्टाचार ,
आकाशको छत भुइको बास,
बुलडोजरको कहर,
कुकुर डुलाउने रहर
नागरिकता ?
पसिनाको मूल्य