सानुमाया महर्जनको शोक सभा सम्पन्न

सानुमाया महर्जनको शोक सभा सम्पन्न

काठमाडौ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठाडौं जिल्ला समिति कीर्तिपुर नगर समिति नेवा राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त  आयोजनामा कीर्तिपुर नगरपालिकाको पाँगामा सानुमाया महर्जनको  शोकसभा सम्पन्न गरिएको सभामा क्रान्तिकारी कम्युनिस्टपार्टी नेपालका स्थायी समिति सदस्य राम सिँह श्रीस प्रमुख अतिथि रहनभएको  श्रद्धाञ्जली सभा मा पोलिटब्युरो सदस्य दिनेश शर्मा, चिन्तामणि पौडेल,  पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, अमीर महर्जन, शारदा महत तथा नेपाली कम्यूनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य रविन्द्रश्रेष्ठ लगायतको उपस्थिति रहेको थियो मृतक आमा सानुमाया महर्जनको कान्छो छोरा सचिर महर्जनको सभापतित्वमा आयोजितसभाको सञ्चालन रमेश महर्जनले गर्नुभएको थियो शोक सभामा मृतक आमाको फोटोमा पुष्प गुच्छा अर्पण गरेर सुरु गरिएकोसभालाई सम्वोधन गर्दै प्रमूख अतिथि राम सिंह श्रीसले मृतक आमा सानुमाया महर्जनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्तपरिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नु भएको थियो शोकलाई शक्तिमा बदल्ने आँट धैर्य धारण गर्ने शक्ति को विकास भइरहोस्भन्ने धारणा व्यक्त गर्दै हिजो जसरी नेपाली श्रमजीवी मजदूर किसान वर्गको संघर्ष लाई साथ सहयोग गर्दै आउनभएको थियो त्योराजनीतिक अभियान लाई थप निरन्तरता दिएर मात्रै मृतक आमाको सम्मान तथा श्रद्वाञ्जली हुने बताउनु भयो। अर्का वक्ता पोलिटब्युरोसदस्य तथा नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजक पवनमान श्रेष्ठले मृतक आमाप्रति हार्दिकश्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो कामरेड साचिर महर्जनले दश बर्षे जनयुद्वमापुर्याएको महत्वपुर्ण योगदान तथा भूमिकाको चर्चा गर्दै वहाँलाई अगाडी बढ्न निरन्तर प्रेरित गरिरहनु हुने आमा दाजु भाई तथा दिदीबहिनीहरूले प्रत्यक्ष परोक्ष साथ सहयोग पुर्याउनु भएको स्मरण गर्दै नेवाः मोर्चा काे तर्फ बाट आदरणीय मृतक आमाको सम्झनामासोक मन्तव्य वाचन गरेर सुनाउनु भएको थियो।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठाडौँ जिल्ला संगठन समितिका सचिव केदार खतिवडाले संक्षिप्त मन्तब्य राख्दै पार्टी काे तर्फबाट शोक मन्तव्य वाचन गरेर सुनाउनु भए पछि परिवार लाई हस्तान्तरण गर्नु भएको थियो। शोक सभाका सभापती सचिर् महर्जनलेआफुलाई राजनीतिक महाअभियानमा लाग्ने प्रेरणा आमाबाटै मिलेको बताउँदै अग्रभागमा लागेको हामीले भन्दा धेरै दुःख कष्ट मानसिकयातना पृष्ठ भागमा रहेर सहयाेग गर्नेहरुले ब्यहोर्नु परेको सम्झिँदै वहाँ हरूले जति जोखिम अरूहरूले सायदै व्यहोरेनन् भन्दै उहाँ हरूकोयाेगदानको कदर खासै हुन् नसके पनि वहाँ को संझनामा यो शोक सभा गरेर सम्झेकोमा खुसी लागेको बताउनु भयो   पार्टी नेवाःमोर्चा प्रति आभार ब्यक्त गर्दै बधाई दिनुभएको थियो।