पोखरा। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को प्रथम कास्की जिल्ला भेला महासंघका केन्द्रीय महासचिव एवम् नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिट ब्यूरो सदस्य धनेश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ । बुधबार पोखरामा भव्यरुपमा सम्पन्न भेलालाई सम्बोधन गर्दै महासचिव धनेश्वर पोख्रेलले भन्नु भयो, “सम्पूर्ण श्रमजीवि किसानहरु संगठित भएर आन्दोलनमा लाग्न सकियो भने मात्रै हामीले किसानका समस्याहरु समाधान गर्न सक्छौ ।” उहाँले सम्पूर्ण किसानहरुलाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) मा संगठित हुन आब्हान गर्नु भयो ।
उक्त भेलामा शुभकामना मन्तव्य राख्नेहरुमा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्यूरो सदस्य एवंम ४ नंम्बर प्रदेश सेक्रेटरी केश वहादुर परियार, नेकपा (क्रान्तिकारी माओवादी) कास्की जिल्ला सेक्रेटरी भिम वहादुर श्रीस, देजमो नेपाल कास्की अध्यक्ष कमरेड राम बहादुर पुन हुनुहुन्थ्यो । उहाँहरुले भेला सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
उक्त भेलाले दई जना पछि थप गर्ने गरी तिलक प्रसाद बरालको अध्यक्षतामा केदार विश्वकर्मा सचिव रहने गरी एघार सदस्यीय जिल्ला समिति गठन गरेको छ । सदस्यहरुमा गीता बहादुर आले, सम बहादुर पुर्जा, इन्द्र लाल सुबेदी, दशरथ खवाश, पदम बहादुर, जित बहादुर गुरुङ्ग र उजिर बहादुर बुढाथोकी रहनु भएको छ ।
तिलक बरालको अध्यक्षतामा संम्पन्न भेलामा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य रामजी थापा, नारायण अधिकारी, प्रदेश सदस्य काजीबाबु श्रेष्ठ, जिल्ला सदस्यहरु निल प्रसाद श्रेष्ठ, सिता परियार, बिना बुढाथोकी लगायतको उपस्थिती रहेको थियाे । भेलालाई स्वागत मन्तब्य इन्द्र लाल सुबेदीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन केदार विश्वकर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर