जनवरीदेखि मेसम्म नेपाल आए ५ लाख ६ हजार २ सय ८० पर्यटक

जनवरीदेखि मेसम्म नेपाल आए ५ लाख ६ हजार २ सय ८० पर्यटक

काठमाडौं । सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल आउका छन्। जनवरीदेखि मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ। पछिल्लो महिना मेमा मात्र ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन्।

यस वर्ष पहिलो स्थानमा भारतीय पर्यटकको आगमन भएको छ। दोस्रोमा चीन र तेस्रोमा अमेरिकाका पर्यटक छन्।

सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मा वार्षिक १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यो पूरा हुन अफ सिजनका महिनामा समेत १ लाखभन्दा बढी पर्यटक आउनुपर्छ। नेपालले हवाईजहाजबाट आउने भारतीयलाई मात्र पर्यटक मान्छ। सोहीकारण स्थलमार्गबाट आउने ठूलो संख्याका भारतीय भने पर्यटक भने गणनामा पर्दैनन्।

सन् २०२४ को कुन महिना कति पर्यटक ?
जनवरी–७९,१००
फेब्रुअरी– ९७,४२६
मार्च– १,२८,१६७
अप्रिल– १,११,३७६
मे– ९०,२११