जनताको सत्ता–संसदवाद कि वैज्ञानिक समाजवाद

जनताको सत्ता–संसदवाद कि वैज्ञानिक समाजवाद

कुन सत्ता अन्तरगत सही र पूर्ण लोकतन्त्र हुन्छ ? कुन सत्ताले देश र जनताको पक्षमा काम गर्दछ ? कुन सत्ताले दलाल तथा नोकरशाहा पुँजीपति वर्ग तथा विश्व एकाधिकार पुँजीपति वर्गका पक्षमा काम गर्दछ ? संसदवादी सत्ता कि वैज्ञानिक समाजवादी सत्ता ? भन्ने सवाल वर्गीय सत्ता स्थापनाका लागि महत्वपूर्ण सवाल हो ।
यो सवाल एउटा वर्गीय जनमतसित जोडिएको सवाल हो र यसको हल पनि वर्गीय रुपले नै गरिनुपर्छ र गरिन्छ । जो वर्गीय रुपले हल गरिनु पर्ने सवाल हो, त्यो संसदीय व्यवस्थाले परिकल्पना गरेको आबधिक निर्वाचनको सिमाभित्रबाट हल गर्न सम्भव छैन् । यसको हल पुरै संसद र संसदीय व्यवस्थाभन्दा बाहिरबाट खोजिनु पर्छ ।
यहॉ संसदवाद र वैज्ञानिक समाजवाद भन्ने दुइटा फरक र वेग्लै शासनसत्ताको कुरा पनि छ । जब संसदवादी शासनसत्ता र वैज्ञानिक समाजवादी शासनसत्ताको कुरा आउँछ,ती फरक फरक वर्गको प्रतिनिधित्व गर्ने शासनसत्ता हुन र यिनीहरु बीचको सम्वन्ध कहिल्यै मैत्रीपूर्ण हुँदैन, सधैभरी शत्रुतापूर्ण हुन्छ । एकले अर्काको ध्वम्श नगरी आफनो र आफूले चाहेजस्तो वर्गीय सत्ता स्थापना गर्न सम्भव छैन ।
माक्र्सवादी दृष्टिकोणमा संसदवाद भनेको नेपालजस्ता अर्ध(नव) औपवनिवेशिक तथा अर्धसामन्ती देशको सन्दर्भमा दलाल पु‘जीपति तथा सामन्तवर्गको अधिनायकत्वको पक्षपोषण गर्ने पु‘जीवादी दर्शन हो भने वैज्ञानिक समाजवाद भनेको संर्वहारावर्गको नेतृत्वमा मजदुर किसानको मित्रतामा राष्ट्रिय पु‘जीपति वर्ग र जनताको जनवादी अधिनायकत्वको विकसित सत्ता संर्वहारावर्गको अधिनायकत्वमा संचालित राज्य व्यवस्था हो । आखिरमा यी दुवै एक अर्काका लागि र एक अर्का विरुद्धका अधिनायकवादी शासनसत्ता नै हुन् ।
त्यसैले संसदवाद संर्वहारावर्गका निम्ति दलाल पु‘जीपति तथा सामन्तवर्गको अधिनायकत्वको शासनसत्ता हो भने वैज्ञानिक समाजवाद दलाल पु‘जीपति तथा सामन्तवर्गका लागि संर्वहारावर्गको अधिनायकत्वको शासनसत्ता हो । पहिलो शासनसत्ताका लागि मूल आधार संसदवाद हो भने दोस्रो शासनसत्ताको आधार सडक संघर्ष, जनसंगठन,जनप्रदर्शन, जनआन्दोलन र जनसंघर्षको उच्चतम रुप सर्वहारा क्रान्तिको तयारी नै हो । किनभने विश्वबाट एकाधिकार दलाल पु‘जीपति वर्गको राज्यसत्तालाई ध्वम्ंस नगरी र यसको स्थानमा गरीब तथा सुकुम्वासी, जो जनसंख्याको ९० प्रतिशत छन्, को राज्यसत्ताको स्थापना नगरी सही मानेमा पुर्ण लोकतन्त्रको कल्पना समेत गर्न नै सकिदैन् । यो भनेको आफ्नो शासनसत्ताको मालिक आफै र आफ्नो प्राकतिक स्रोत र साधनमाथिको हैकम पनि आफ्नै हो । यहि नै सही लोकतन्त्र हो । र यो लोकतन्त्र केबल आवधिक निर्वाचनमा जनताले भोट हालेर मात्रै अभिव्यक्त हुन्छ भन्ने संसदीय व्यवस्थाले पारेको भ्रमलाई चिर्दै, यो सडक संघर्ष, जनसंगठन,जनप्रदर्शन, जनआन्दोलन र जनसंघर्षको विकशीत रुप सशस्त्र विद्रोहबाट मात्रै प्राप्त हुन्छ भन्ने इतिहासले प्रमाणित गरेको तत्थ्य हो । यसरी संसदवादी शासनसत्ता कसरी स्थापना हुन्छ, गरिन्छ भन्ने र वैज्ञानिक समाजवादी शासनसत्ता स्थापनको मार्ग विल्कुलै फरक छन् ।
विश्वमा वर्तमानमा एकाधिकार दलाल पुँजीवादी शासनसत्ताको हालीमूहाली चलिरहेको छ र उनीहरुले आफनो शासनसत्तालाई टिकाइरहनका लागि संविधान, नियम कानुन, सेना, प्रहरी,अदालत, कर्मचारी तन्त्रआदिको निर्माण गर्दछन । यी सबैको काम पुँजीपति वर्गका लागि सेवा गर्ने हो र गरीब तथा सुकुम्वासी, जो जनसंख्याको ९० प्रतिशतभन्दा बढी छन्, माथि दमन गर्ने हो । पुँजीपति वर्गका लागि सेवा गर्न बनाइएका संविधान, नियम कानुन, सेना, अदालत, कर्मचारी तन्त्रआदिका विरुद्ध आवाज उठाउ‘दा कति गरीब तथा सुकुम्वासी, समग्रमा उत्पीडित वर्गले अनगिन्ति सहादत प्राप्त गरेका छन् । ती सहीदहरुका त्याग, तपस्या र बलिदानलाई जनमत मान्ने कि नमान्ने भन्ने सवाल पनि अत्यन्तै महत्वपूर्ण सवाल हो । र वैज्ञानिक समाजवादी शासनसत्ता स्थापन गर्ने वर्गले यसको हिसाव किताव राख्नै पर्छ ।
यस्तो वास्तविकतालाई गरीब तथा सुकुम्वासी र समग्रमा उत्पीडित वर्गलाई भ्रममा पारी पुँजीपति वर्गका लागि सेवा गर्न कम्युनिस्टको नाममा संसदीय व्यवस्था अन्तरगत गरिने निर्वाचनलाई “यो निर्वाचन हाम्रो एजेण्डाको जित हो । ” भन्ने कम्युनिस्टहरु पनि विभिन्न देशहरुमा छन् । नेपालजस्ता कैयो देशहरुमा दलाल तथा नोकरशाही पुँजीपति वर्गको शासनसत्ताका विरुद्ध सशस्त्र विद्रोहको घोषणा गरेर देशबाट सबै प्रकारका दलाल तथा नोकरशही पुँजीपति तथा सामन्तवर्गको राज्यसत्तालाई ध्वस्त पारी सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने महान लक्ष्य तथा उद्येश्यका साथ हजारौ,लाखौ सहीदहरु रगत बगाएका छन्, र कैयो देशहरुमा क्रान्तिकारीले यस्तो विद्रोहलाई अहिले पनि निरन्तरता दिदै आएका छन् । यसको अर्को पाटो एकसमय दलाल तथा नोकरशाही पुँजीपति वर्गको शासनसत्ताका विरुद्ध सशस्त्र विद्रोहको घोषणा गरेका कम्युनिस्ट नेताहरुले उत्पीडित वर्गलाई धोका दिनेगरी पुँजीपति वर्गका लागि सेवा गर्न बनाइएका संविधान, नियम कानुन, सेना, अदालत, कर्मचारी तन्त्रआदि, जसको मूल मेरुदण्ड संसदीय व्यवस्था हो, त्यसैको कार्यान्वयनलाई हाम्रो तत्कालको एजेण्डा हो भनेर निर्लज्जता प्रदर्शन गरिरहेका पनि छन् ।
के स्पष्ट हो भने यो संसदीय व्यवस्था केही मुट्ठिभर अरव खरवपतिद्धारा संचालित तिनीहरुका हितमा काम गर्ने दलाल पु‘जीपति तथा सामन्तहरुको व्यवस्था हो । र यसले आम सर्बसाधरण जनताको जनजीविका तथा राष्ट्रियताको हितमा काम गर्ने केबल कल्पना मात्रै हो । माक्र्सवादी कम्युनिस्टहरु संसदीय व्यवस्थाको निर्वाचनमा भाग लिएर गरीब किसान तथा मजदुर सुकुमवासिको हितमा यिनीहरुले काम गर्लान भनेर सोच्नु गोरु व्याएर त्यसको दुध खानुजस्तै हो । यिनीहरुमध्ये माक्र्सवादी कम्युनिस्टहरुले संसदीय व्यवस्थाको निर्वाचनमा जिते पनि आखिरमा जित्ने भनेको विश्व साम्राज्यवाद र विस्तारवादका दलालहरुमध्ये कसैले हो । माक्र्सवादी कम्युनिस्टहरुवारे पनि यही सत्य हो ।
अहिले हामी रहेको समाज एउटा वर्गीय समाज हो, जो शोषण र उत्पीडनमा आधारित रहन्छ र एकाधिकार दलाल पु‘जीवाद अहिले पु‘जीवादी संसदीय व्यवस्थाको रुपमा अगाडि आएको छ । निर्वाचनमा जितेर गएर गर्ने काम भनेको पु‘जीवादी व्यवस्थालाई कसरी बलियो बनाउने र केही मुट्ठिभर पु‘जीपति वर्गका लागि देशको साधन र स्रोत कसरी सुम्पने भन्ने नियम कानुन बनाउने हो र माक्र्सवादी कम्युनिस्टहरुमाथि कसरी दमन गर्ने भन्ने नै हो । यहि अवस्था अहिले हाम्रै छिमेकी देश भारतमा देखिएको छ । भारतीय जनता पार्टीको नेतृत्वमा भारतको छत्तिसगढ राज्यमा यसले नांगो रुप देखाएको छ । त्यहॉका आदिवासिहरुमाथि नरेन्द्र मोदीको सरकारले वर्वर दमन र हत्या चलाएर भएपनि भारतीय दलाल सरकार त्यहॉको प्राकृतिक स्रोत र साधन विदेशी पु‘जीपतिहरुलाई बेचिरहेको छ । त्यहॉका आदिवासिहरुमाथि वर्वर दमन र हत्या नगर, उनीहरु नै ती स्रोत र साधनका वास्तविक मालिक हुन भन्ने भारतीय बुद्धिजीवी तथा जनतामाथि आतंककारी माओवादी÷नक्सालवादी आरोपमा हत्या र दमन गरिरहेको छ । नेपालमा हिजको नेपाली काँग्रेस, एमाले सरकार र नेपालको वर्तमान रास्वपाको सरकारवारे पनि यहि सत्य हो ।
त्यसैले माक्र्सवादी विश्वदृष्टिकोण्मा यसको सही व्याख्या र विश्लेषण के हो भने दालल पुँजीपति वर्गका लागि बनाइएका संविधान, नियम कानुन, सेना, अदालत, कर्मचारी तन्त्रआदिको संरक्षण र सुदृढीकरण संसदीय व्यवस्थाको मूल मेरुदण्ड हो, भने वैज्ञानिक समाजवादका लागि उसको आफ्नै वर्गीय शासनसत्ता सत्ता प्राप्तीका लागि जनताको आफनै पार्टी–कम्युनिस्ट पार्टी, जसको नेतृत्वमा जनताको आफनै मिलिसिया, आफनै सेना–जनसेना, जनअदालतआदिको सहयोग र समर्थनमा सडक संघर्ष, जनसंगठन,जनप्रदर्शन, जनआन्दोलन र जनसंघर्षको उच्चतम रुप शसस्त्र जनविद्रोहद्धारा गरिने सत्ता प्राप्ती नै अन्तिम उद्येश्य हो । यसरी प्राप्त गरिने सत्ता नै जनताको सत्ता हो, वैज्ञानिक समाजवादी सत्ता हो ।

hukumsingh2012@yahoo.com