काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको भाद्र २३ गतेको भेला स्थगित भएको छ । भेला स्थगित भएको सम्बन्धमा राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालका संयोजक सन्तबहादुर नेपालीले २०८३ भाद्र १५ गते प्रेस वक्तव्य जारी गरी स्पष्ट गर्नु भएको हो । वक्तव्य यस प्रकार छ –
“राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले आफ्नो तेह्रौं राष्ट्रिय भेला यही २०८३ भाद्र २३ गते सम्पन्न गर्ने यस अघिको बैठकमा निर्णय लिएको भए पनि देशमा रसुवा–भोटेकोशी हिम पहिरो र प्राकृतिक बाढीका कारण ठूलो क्षति हुनगई आहत जीवन्त नै बन्द हुन पुगेको र देशमा असामान्य परिस्थिति उत्पन्न भएको मोर्चाका सबै घटकलाई विदितै छ।
अतः देश नै यस्तो ठूलो शोकमा डुबेको यस भयावह बाढी पहिरोको स्थिति र त्यसको चपेटामा मोर्चा घटक पार्टीका कतिपय आफन्तहरू समेत पर्न गएको दुःखद स्थितिमा यही २०८३ भाद्र २३ केन्द्रीय भेला गर्ने आवश्यक तयारी पनि पूरा हुन नसकेको अवस्था सिर्जना भएको र आवागमन र यातायात पनि बन्द रहेको कारणले समेत गर्दा यो केन्द्रीय भेला घटकहरूको बीचमा थप सरसल्लाह गरी सूचना नभएसम्मको लागि स्थगित गरिएको छ। स्थिति अनुकूल हुनासाथ पुनः केन्द्रीय भेलाको सूचना गरिने कुरा समेत यसै वक्तव्यका साथ जानकारी गराइन्छ।”






























