काठमाडौँको नागढुंगा चेकपोस्ट नजिक सडक भासिएको छ।
बुधबार बिहान नागढुंगा चेकपोस्टको तल करिब ८० मिटरजति लम्बाइ र तीन मिटरजति चौडाइ भएर सडक भासिएको नागढुङ्गा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर राजिव मानन्धरले जानकारी दिए।
‘सडक भासिएपछि अहिले त्यहाँ वानवे मात्र गाडी सञ्चालनमा छन्,’ मानन्धरले भने, ‘मालवाहक र सामान्य गाडीलाई सुरुङमार्गबाट आवतजावतको व्यवस्था मिलाइएको छ। मोटरसाइकल, तेल–ग्यास बोक्ने गाडीलाई सोही सडकबाट पास गराइरहेका छौँ।’
अहिले सडक विभागको टोली भासिएको सडकको अवस्था अवलोकन गर्न आउँदै गरेको उनले बताए।































