काठमाडौ । प्रभु बैंकले रसुवा बाढीबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न बैंकले सरकारको राहत कोषमा उक्त रकम प्रदान गरेको हो ।
उक्त रकमको चेक मन्त्रालयमा आयोजित एक समारोहका बीच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे । समारोहमा बैंकको तर्फबाट अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति थियो ।































