१२ नम्बर व्यूरोको प्रशिक्षण कार्यक्रम सम्पन्न

१२ नम्बर व्यूरोको प्रशिक्षण कार्यक्रम सम्पन्न

सिमरा । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको १२ नम्बर व्यूरोको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । २०८३ साल भदौ १३ र १४ गते ब्युरो स्तरीय प्रशिक्षण कार्यक्रम बाराको सिमरामा सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल स्थायी कमिटी सदस्य प्रतीकको प्रमुख अतिथिमा १२ नम्बर ब्युरो सचिव पवनको अध्यक्षता र केन्द्रीय सदस्य जयराज कमल प्रशान्तको उपस्थितिमा सम्पन्न भएको छ। संगठन शुद्धिकरण अभियान तथा आर्थिक अभियानबारे प्रशिक्षण भएको हो ।उक्त कार्यक्रमाा पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।