१९९ किलो प्रतिबन्धित गाँजासहित टिपर चालक पक्राउ

१९९ किलो प्रतिबन्धित गाँजासहित टिपर चालक पक्राउ

उदयपुर कटारी नगरपालिका स्थित मरुवा खोला क्षेत्रबाट प्रहरीले १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना टिपरचालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना. ८१७३ नम्बरको टिपर चेकजाँचगर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार टिपर चालक रुपन्देहीको देवदह नगरपालिका स्थायी ठेगाना भई हाल कटारी नगरपालिका बस्दै आएका करिब२१ वर्षीय सोम मगरलाई टिपरसहित नियन्त्रणमा लिइएको छ।

बरामद भएको गाँजा टिपरसहित पक्राउ परेका मगरमाथि लागूऔषधसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउँदै घटनाबारे थप अनुसन्धानभइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।