शनिबार दिउँसो ४ बजेसम्म ६६९ जनाको शव फेला, २७ प्रहरी अझै बेपत्ता

शनिबार दिउँसो ४ बजेसम्म ६६९ जनाको शव फेला, २७ प्रहरी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीपछि शनिबार दिउँसो ४ बजेसम्म विभिन्न जिल्लामा ६६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्र तथा आसपासका जिल्लाबाट ती शव फेला परेका हुन्।

प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा २४८, पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ३०१ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ।

यस्तै, प्रहरीको तथ्यांकअनुसार २७ जना प्रहरी अझै बेपत्ता छन्। प्रहरीले उद्धार, खोज तथा बेपत्ताको अवस्था पहिचान गर्ने कार्य जारी रहेको जनाएको छ।