दाङ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली (सुदर्शन)ले बाढी पीडितका परिवारसँग भेटघाट गर्नुभएको छ । उहाँले भोटेकोसीको बाढीमा परि बेपत्ता हुनुभएका क्रान्तिकारी कम्युनिष्ट पार्टी दाङका सदस्य जयमान बिक (पक्का)को परिवारलाई भेटघाट गर्नुभएको हो । भदौ १७ गते दाङको बिजौरीमा भएको जयामनको परिवारलाई भेट्न पार्टीका पोलिट ब्युरो सदस्य तथा ब्युरो न।ं४ का सचिव निरज केसि, जिल्ला सचिव मोतिराम खड्का लगायतको टोलीले जयमानको परिवारलाई भेटेको हो । रोजगारीको लागि रसुवा पुग्नु भएका जयमान गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता हुनुभएको हो । रोजगारीको लागि गएको छोरा बाढीमा परि बेपत्ता भएपछि जयमानका बुवासहितको परिवार शोकाकुल अवस्थामा छ ।





























