शंखमुलको भ्याली ब्वाइज होस्टलमा एक युवकको हत्या

शंखमुलको भ्याली ब्वाइज होस्टलमा एक युवकको हत्या

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा घाइते भएका एक युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१० शंखमुलको उक्त होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको हो।

उनीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ का १८ वर्षीय शेखर यादव र २0 वर्षका प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपिट गरेका थिए।