डुबानमा परेका सुकुम्बासीहरुको उद्दारका लागि गएका जेनजी अभियन्तामाथि प्रहरीको निर्मम दमन, घाइते माजिद अन्सारीसहित तीन जना पक्राउ

डुबानमा परेका सुकुम्बासीहरुको उद्दारका लागि गएका जेनजी अभियन्तामाथि प्रहरीको निर्मम दमन, घाइते माजिद अन्सारीसहित तीन जना पक्राउ

काठमाडौं । कीर्तिपुरको होल्डिंग सेन्टरमा डुबानमा परेका सुकुम्बासीहरुको उद्दारको लागि त्यहाँ पुगेका जेनजी अभियन्ता माजिद अन्सारीलाई निर्घात घुटपिट गरी उनीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार होल्डिङ सेन्टरबाट अन्सारीसहित नहेन्द्र खड्का र सरिश्मा थापालाई नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ । नहेन्द्र खड्कालाई भने रिहा गरिएको छ ।

Screenshot

बागमतीको बाढीले गए राति होल्डिङ सेन्टरमा डुबान हुँदा त्यहाँ राखिएका सुकुम्वासीको विचल्ली भएको थियो। उनीहरूलाई सघाउन अन्सारीसहितका जेनजी युवा कीर्तिपुर पुगेका थिए। उनीहरूलाई लछारपछार र कुटपिट गर्दै प्रहरीले पक्राउ गरेको थियो । अभियन्ता अन्सारीको नाक, आँखा र मुखमा चोट लागेको छ ।


अन्सारीसहित तीनै जनालाई कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको थियो ।