‘रगतले इतिहास लेख्नेहरू’ पुस्तक विमोचन एवं विमर्श कार्यक्रम सम्पन्न

‘रगतले इतिहास लेख्नेहरू’ पुस्तक विमोचन एवं विमर्श कार्यक्रम सम्पन्न

प्रेम प्रसाद कडेल / चितवन
सहिद शारदा श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहिदप्रति एक मिनेट मौनधारण गरि कार्यक्रमको सुरू भएको थियो। कार्यक्रममा सहभागी वक्ता सतीसालले चितवनमा जनयुद्धको क्रममा बलिदान दिने शारदा श्रेष्ठ लगायतका सहिद परिवारलाई बोलाइएको कार्यक्रमको विषयमा उच्च प्रशंसा गर्दै किताब प्रकाशन महत्वपूर्ण योगदान रहेको चर्चा गरे।

नेकपा बहुमतका होम बहादुर खड्का धूर्वले जनयुद्धको हरेक सँघारमा आफू पनि सहभागी भएर बलिदानको कसम खाँदै अघि बढ्न प्रेरणा दिने क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार किसान नेता भूमिस्वर कडेलको साथमा रहेको बताउदै महान सहिद परिवारलाई उच्च सम्मान व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेता कञ्चन खनालले सहिद शारदा श्रेष्ठको मुक्त कण्ठले सम्मान गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्नुपर्ने बताइन्।

कार्यक्रममा बोल्दै प्रा डा जगदीश चन्द्र भण्डारीले मुख्य नेतृत्वले गद्दारी गरिरहेका बेला यो लक्ष्य र उद्देश्य पूरा गर्नुपर्ने माग जनताको आँगनमा उठेको तीतो सत्यलाई पूरा गर्न रगतले लेखीएको इतिहास किताब प्रकाशनले एक मार्ग निर्देशन दिने बताए ।

नेकपाका स्थायी समिति सदस्य वक्ता अनिल शर्मा विरहीले चितवनका सहिद परिवारलाई उचित व्यवस्थापन गर्नुपर्ने बताउदै जनताको पसिनाबाट नेता बनेकाबाट नै सहिदको अपमान भएको यथार्थलाई कसैले छिपाउन नसक्ने भन्दै किताब प्रकाशन ऐतिहासिक कोशेढुङ्गा हुने विश्वस्त रहेको मन्तव्य व्यक्त गरे।

कार्यक्रममा नेक्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य चन्द्रहरि सुवेदिले आफू ०६३ पुसमा चितवन जिल्ला सेक्रेटरी हुँदै गर्दा सहिद परिवारलाई सम्मान गरेको स्मरण गरे। सहिद परिवारलाई राज्यले उच्च सम्मान दिन नसकिरहेको अवस्था रहेको कटु यथार्थ बताउदै बदलिँदो परिस्थितिमा आफू क्रान्ति, सहिदको अधुरो सपना र परिवर्तनको संवाहक बन्न तयार रहेको स्पष्ट पारे।

प्रमुख वक्ता हिरामणि दुःखीले सहिद परिवारलाई क्रान्तिको मुक्ति शिखरको यात्रा जारी रहेको धारणा व्यक्त गर्दै सहिदले देखाएको बाटोमा अविचलित लाग्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष बाबुराम पाण्डेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सहिद परिवारलाई सम्मान एवं किताब वितरण गरेर इतिहासको दस्तावेजीकरण गरेकोमा पचास जना लेखक एवं सम्पादक नारायण शर्मा विपिनलाई बधाई ज्ञापन गरेका थिए।

कार्यक्रममा सहिद परिवार र जिल्लाका कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।