यही श्रावणा २३ गते शनिवार विहान ७ बजे केन्द्रीय समितिको जुम मिटिंग बस्ने निर्णय गर्दै क्रान्तिकारी प्रेस संगठनको सचिवालय बैठक सम्पन्न

यही श्रावणा २३ गते शनिवार विहान ७ बजे केन्द्रीय समितिको जुम मिटिंग बस्ने निर्णय गर्दै क्रान्तिकारी प्रेस संगठनको सचिवालय बैठक सम्पन्न

१५ श्रावण काठमान्डौ ।
क्रान्तिकारी प्रेस संगठनको सचिवालय बैठक काठमान्डौमा सम्पन्न गरिएको छ । लघुवित्तीय तथा वित्तीय शोषण विरुद्ध राजधानी न्याय मार्चको आज छैठौं दिन ः त्रिपुरेश्वरको राम मन्दीर चौरमा गरिएको उक्त बैठकको अध्यक्षता संगठनका केन्द्रीय संयोजक नारायण पंगेनीले गर्नु भएको थियो । बैठकले ज्ञात अज्ञात सहीदहरुप्रति एक मिनट मौनधारण पछि अध्यक्षबाट सक्षिप्त रिपोटिंग र केन्दैीय सचिवालय सदस्य दामोदर खनालव्घरा संक्षिप्त रिपोर्टिग र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सूचना, सञ्चार तथा प्रकाशन विभाग सचिव हुकुमबहादुर सिंहबाट बैठकको भाव सम्प्रेषण पछि सचिवालय बैठकले यही श्रावणा २३ गते शनिवार विहान ७ बजे केन्द्रीय समितिको जुम मिटिंग बस्ने निर्णय गर्दै सो को व्यवस्थापनको जिम्मेवारी क्रान्तिकारी प्रेस संगठनका संयोजक नारायण पंगेनीलाई दिइयो ।
संगठनको नौ सदस्यीय सचिवालयमा संयोजक नारायण पंगेनी र सदस्यहरुमा मनु विक, झनक श्रेष्ठ, अनु निरौला, टेकहरी न्यौपाने,दामोदर खनाल, गोविन्द पौडेल, सागर श्रेष्ठ र कुमार भटराई रहनु भएको छ ।