काठमाडौं, १५, साउन
सुनसरी जिल्लाको देवानगञ्जमा भएको ‘हिन्दू’ र ‘मुस्लिम’ धर्मावलम्बी जनताका बिचको हिंसात्मक द्वन्द्व अहिले पूर्वी तराइका सिराहा, धनुषा, पर्सा र मोरङ जिल्लाका विभिन्न शहरहरुमा फैलिएको छ । द्वन्द्व नियन्त्रणका क्रममा प्रहरी र स्थानीय जनताका बिचमा भएको झडपमा परि प्रहरीको गोली लागेर केही युवाहरुको मृत्यु समेत् भइसकेको छ भने ती द्वन्द्वग्रस्त क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ ।
यसै सन्दर्भमा नेपालका विभिन्न राजनीतिक दलसँग वैचारिक आस्था राख्ने ६ वटा प्राध्यापक सङ्गठनहरुले संयुक्त रुपमा आज एक विज्ञप्ति जारी गर्दै धार्मिक सद्भाव कायम गर्न र सामाजिक एकता कायम गर्दै शान्ति स्थापना गर्न अपिल गरेका छन् । प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ –





























