उदयपुर । क्रान्तिकारी महिला संगठनकी केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला अध्यक्ष हिरा खपांगी मगरका बुबा शुक्रबहादुर खपांगी मगरको असामयिक रुपमा निधन भएको छ । उहाँको साउन ११ गते साँझपख निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उहाँ पार्किन्सन, मानसिक तथा ब्लड प्रेसरबाट पीडित हुनुहुन्थ्यो ।
मृतक शुक्रबहादुर खपांगीका तीन छोरा (छत्र, सविन, भाष्कर) र दुई छोरी (हिरा र भक्ति) रहेका छन् । वि.स.२०१४ सालमा जन्मनु भएका मगर उदयपुरको चौदण्डीगढी ८ निवासी हुनुहुन्थ्यो ।
उहाँको साउन १२ गते पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला नेताहरुले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।































