काठमाडौं । वामपन्थी लेखक, नेता तथा अग्रज कृष्णदास श्रेष्ठलाई शुक्रवार नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई शुक्रवार साढे दश बजेतिर अस्पताल भर्ना गरिएको हो । नर्भिक अस्पतालको क्याबिन नम्बर ७१४ मा स्वास्थ्य लाभ गरिरहेका ८७ वर्षीय श्रेष्ठ शारीरिक रुपमा निकै कमजोर अवस्थामा छन् ।

हार्दिक शुभकामना !

पारिवारका अनुसार उनलाई अन्य रोग त छैन, तर लामो समयदेखि चीसोले हुने छातीको रोग ब्रोङक्राइट्सबाट भने पीडित हुँदै आएका छन् । भेट हुन पुगेकाहरुसँग उनी राम्रोसँग बोलचाल गर्न र देहोरो कुराकानी गर्न सक्छन् । उनको हेरचाहमा ७६ वर्षीया जीवन संगिनी महालक्ष्मी श्रेष्ठसहित आफन्तहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर