काठमाडौं। नरसिंह चोक ठमेल स्थित आर्या होटलमा कार्यरत एक कर्मचारीले ९ नाम नखुलाउने सर्तमा ० सुपरवाइजर सन्तोष तामाङले आफूलाई निरन्तर भेदभाव, अपमान तथा मानसिक उत्पीडन गरेको आरोप लगाएका छन्। उक्त व्यवहार नेपालको श्रम ऐन, २०७४ कोधारा ६ ९भेदभाव निषेध० तथा अनुचित श्रम अभ्याससम्बन्धी प्रावधानविपरीत रहेको दाबी गरिएको छ।
श्रम ऐन, २०७४ को धारा ६ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ, “कुनै पनि रोजगारदाताले धर्म, वर्ण, लिङ्ग, जात, जाति, उत्पत्ति, भाषा, वैचारिक आस्था वा अन्य कुनै समान आधारमा कुनै श्रमिकमाथि भेदभाव गर्नु हुँदैन।”
कर्मचारीका अनुसार उनीहरूले आफूलाई दिइएको हरेक काम बिना कुनै आपत्ति पूरा गर्ने गरेका थिए। तर पनि भिन्दै जातको कारणले होकि या अन्यथा केही कारणले सन्तोष तामाङले दैनिक जस्तो मानसिक यातना दिने गरेको र आवश्यक परे आफूहरू जुनैसुकै निकायमा उपस्थित भएर यो विषयमा उनी विरुद्ध बयान दिन सक्ने बताए । एक दिन को घटना सम्झँदै उनले भने सानो गिलास फुट्दा सुपरवाइजर सन्तोषले चिच्याउँदै “कति पटक सिकाउनुपर्छ तलाईरु” भनेर गाली गरे, जबकि आफूलाई उक्त कामको सही तरिका एक पटक पनि सिकाइएको थिएन। कर्मचारीको दाबीअनुसार, यस्तै अवस्थामा अर्की कर्मचारीले पुरै रक्सी भएको वाइनको बोतल फुटाउँदा भने उनलाई कुनै प्रकारको हप्कीदप्की वा टिप्पणी गरिएन।
कर्मचारीले थप आरोप लगाएका छन् कि कोठामा उपस्थित अधिकांश पुरुष कर्मचारीहरूको जुंगा–दाह्री हुँदाहुँदै केवल उनको सामान्यरूपमा बढेको दाह्रीलाई लक्षित गर्दै सुपरवाइजरले “यसले किन दाह्री काटेनरु” भन्ने प्रश्न उठाएका थिए। कर्मचारीका अनुसार यस्ता व्यवहारले आफूलाई लक्षित गरी अपमानित र मानसिक रूपमा दबाबमा पार्ने प्रयास गरिएको देखिन्छ, जुन श्रम ऐनअन्तर्गत अनुचित श्रमअभ्यासको रूपमा व्याख्या हुन सक्छ।
कर्मचारी भन्छन्, “मैले जीवनमा पहिलो पटक वेटरको काम गरेको हुँ। तर मैले आफ्नो काममा पूरा प्रयास गरेको थिएँ। बारमा समेतकेही दिनमै धेरै कुरा आफैं सिकेर व्यवस्थापन गर्न थालेको थिएँ। अहिले भने मलाई अयोग्य कर्मचारीका रूपमा चित्रित गरिएको छ। मेरा सहकर्मीहरूसँग सोध्दा वास्तविकता थाहा हुन्छ। तर केवल सन्तोषको भनाइका आधारमा निर्णय गरियो। यो घटना मैले कहिल्यै बिर्सनेछैन।”
श्रम ऐनअनुसार कुनै पनि अनुशासनात्मक कारबाही अघि सम्बन्धित कर्मचारीलाई आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने तथा निष्पक्षअनुसन्धान गर्नुपर्ने व्यवस्था छ। एकतर्फी तथा पक्षपाती व्यवहारले कर्मचारीको मर्यादा, सम्मान र समान व्यवहारको अधिकारमा असरपुर्याउन सक्छ। यस्ता घटनामा पीडित कर्मचारीले श्रम कार्यालय वा श्रम अदालतमा उजुरी दिन सक्ने कानुनी व्यवस्था रहेको छ।
यस घटनाले होटल तथा सेवा क्षेत्रमा कार्यरत कर्मचारीहरूको मर्यादा, समान व्यवहार तथा श्रम ऐनको प्रभावकारी कार्यान्वयनकोआवश्यकतालाई पुनः उजागर गरेको छ।































