जुनेली कथा संग्रहको परिचर्चा कार्यक्रम सम्पन्न

जुनेली कथा संग्रहको परिचर्चा कार्यक्रम सम्पन्न

काठमाडौं । ईच्छुक सांस्कृतिक प्रतिष्ठानले सिर्जना र संवादको १६ आौ श्रृङ्खलामा मनु बिकद्वारा लिखित जुनेली कथा संग्रहको परिचर्चा कार्यक्रम सपन्न गरियो । कार्यक्रमलाई प्रतिष्ठानका सदस्य तथा सिर्जना र संवाद श्रृङ्खला कार्यक्रमकी संयोजक गौरी देवकोटाले सञ्चालन गर्नुभएको थियो भने प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा मित्रलाल पंगेनी, वन्दना ढकाल, डा चतुर्भुज केवरतले कृतिमाथि समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । कार्यक्रममा प्रा डा जगदीशचन्द्र भण्डारी, कथाकार ईस्माली, डा नन्दिस अधिकारी, प्रा लोक बहादुर थापा, धनेश्वर पोख्रेल लगायतका उल्लेख्य साहित्यकार तथा साहित्य अनुरागी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लेखिका तथा कथाकार मनु बिकले पुस्तकमाथि समीक्षकहरुले परिचर्चा गर्दै दिएका महत्वपूर्ण सल्लाह सुझाव र आौल्याईदिनुभएका कमीकमजोरीहरुलाई आत्मसात गर्दै जाने बताउनु भएको थियो । समीक्षकहरुले राख्नुभएको गहकिला विचारहरुले आफुलाई हौसला मिलेको चर्चा गर्दै धेरै मिहिनेत गर्नुपर्ने महसुस भएको धारणा राख्नुभयो ।
समिक्षकहरुको परिचर्चा
वन्दना ढकाल ०७० देखि ०८३ आोरिपरिका समय अवधिका परिवेशका विषयवस्तुलाई कथाकारले कथामा समेटेको बताउँदै नेपाली समाजको पिँधका मान्छेहरुका भोगाई र व्यवहारलाईका मार्मिक वृतान्त समेटेकोले प्रशंसनीय काम गर्नुभएको भन्दै धन्यवाद प्रकट गर्नुभयो। २१ आोटा शिर्षकमा संग्रहित कथा संग्रहले श्रमजीवी वर्ग र क्षेत्रका संघर्षको अभिव्यक्तिको रुपमा आएको भन्दै वर्ग र वर्ण व्यवस्थासंग जोडिएको र वर्गभित्र पनि वर्णाश्रम विभेदलाई कथामा दर्शाउन खोजिएको, जैविक समस्याको बरेमा खासै गहिरिएर बुझ्न जरुरी नठानेको विषयमा सरल तरिकाले प्रस्तुत गरिनु पितृ सत्ताले लादेका अनगिन्ती प्रथा प्रति सचेत पुर्वक आवाज उठाउने हिम्मत गर्नुभएको बताउनुभयो। कथा सस्तो लोकरिज्याईँबाट प्रभावित नभईकन सामन्तवादी समाज र पितृ प्रधान समाजको यथार्थतालाई सांकेतिक रुपले भएपनि उदाङ्गो बनाउन सकेको छ । पहिचानको विषयलाई वर्गको विषय बनाएर आोझेलमा पारिदै आएको छ तर यो कथा संग्रहले त्यसलाई जुनसुकै वर्गमा पनि लैंगिक विषय र पहिचानको समस्या रहने तथ्यलाई उजागर गर्न सक्नुलाई कथाको विशिष्टता झल्किएको बताउनुभयो। कथामा पात्र छनोट र चरित्र चित्रणमा उज्यालो पक्ष देख्न सिकाउँछ, संघर्ष अनिवार्य छ र गर्नुपर्छ भनेर प्रेरित गराइरहन्छ। विचार, दृष्टिकोणमा प्रतिबद्व भईरहन सिकाउँछ। यस कथा संग्रहमा लेखकिए मौलिकता भनेकै चलन चल्तीमा हराइसकेका शब्दहरुको सुन्दर प्रयोग मान्नुपर्छ भन्नुहुदै अझ प्रगतिशील साहित्यमा पहुँच बढाएर उन्नत कृतिलाई पाठक सामु ल्याउनु हुने विश्वास व्यक्त गर्नुभयो। नायक र खलनायकका भुमिकासंग संगै आउने र तिनका भुमिका पुरा नहुँदै एक झक्ड्कामै टुङ्गिएको देखिनु अधुरै भएको प्रतित हुन्छ। आउँदा कृतिहरुमा यी विषय सच्चिएर आउने विश्वास व्यक्त गर्नुभयो।
डा चतुर्भुज केवरत कविता विधामा भेटघाट भैरहेको मनु जी आज आख्यानिक विधामा चाहिँ पहिलो भेट हो । कथामा पात्र चरित्र अनुसारको नाम चाँही उच्चताभाषबाट प्रेरित भए जस्तो झल्किने भएको छ। कथामा पात्र, छनोट र चरित्र निर्धारण श्रमजीवीवर्गलाई मुख्य आधार बनाइएको छ । त्यो एकदमै सवल पक्ष रहेको बताउँदै पितृ सत्ताले थोपरिएको दुखान्त चित्रलाई अझै छर्लङ्ग बनाइनु पर्ने दर्शाउँदै बनाईएको चलाईएको लादिएको थोपरिएको संकथनलाई उल्ट्याउनु पर्ने सन्देश प्रवाह गर्नुपर्ने चर्चा गर्दै जे जति प्रयत्न भएका छन्, त्यो राम्रो पक्ष रहेको बताउँदै बाह्य उत्पीडन देख्दा आन्तरिक उत्पीडन छायाँमा पर्ने समस्याबाट सचेततापूर्वक जोगिएर आन्तरिक उत्पीडनको मामिलालाई पनि सुक्ष्म तरिकाले खोतलेर प्रस्तुत गर्न सक्नु नै महत्वपूर्ण पक्ष रहेको बताउनु भयो। शास्वत सत्यलाई छायाँमा नपारीकन चरित्र निर्धारण गरिएको छ र यथास्थितिको बिरुद्व सशक्त प्रतिरोध गर्ने आँट हिम्मत र साहास गरिएको छ । त्यो पक्ष आफैंमा सुन्दर, सौन्दर्य हो भन्नुहुदै पुरुषवादी चिन्तनको संकेत मात्रै झल्काएर हुँदैन, रौं केस्रा छुट्याएर छर्लङ्ग्याउनुपर्ने धारणा व्यक्त गर्दै अंग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर तह र कानुनमा स्नातक तहसम्मको औपचारिक अध्ययन गर्नुभएको श्रष्टाबाट हामीले धेरै अपेक्षा राखेको बताउनुभयो।
मुख्य परिचर्चाकार मित्रलाल पंगेनीले पात्र चरित्र र त्यसले बोकेको कथानकताले कत्तिको गुरुत्व कायम गर्न सक्यो र पाठकहरुलाई कतिसम्म प्रभाव पार्छ भन्ने मुख्य हुने बताउनु हुँदै पात्रहरुमाथि यति धेरै शोषण छ, सम्झि साध्यै छैन। यति धेरै दमन, अन्याय अत्याचार छ, कसरी सहन सकेको होलान्, ती पात्रहरुले भन्ने झैँ लाग्छ। पात्रहरुले यति साह्रो एक्लोपन भोग्छन्, असाध्यै अभावले अति साह्रो थिचिएर निरिह बनेका हुन्छन्त्य, त्यहाँ भन्दा तल झर्ने ठाउँ नै छैन, जस्तो दुखान्त चरित्र चित्रणको सजिव अभिव्यक्ति हाम्रो समाजकै जिउँदो पात्र हुन् भन्नु हुँदै कथानक सरल र पठनीय छ। ग्रामिण जीवनका सामाजिक कथा व्यथाको सजिव चित्र चित्रित गरिएको छ। कथाकार आफै संघर्षबाट यहाँसम्म आईपुगेको र त्यो क्रम जारी रहने विश्वास व्यक्त गर्नु हुँदै श्रष्टाबाट थप आोझिलो र खारिएको कृति आउने अपेक्षा गरिएको धारणा राख्दै पात्र र चरित्रबिच खदिलो तारतम्य मिलाउनुपर्नेमा जोड दिनुभयो।अन्तमा कार्यक्रमका अध्यक्ष हिरामणि दुःखीले म आफैको पनि कथा संग्रह रहेकोले हाम्रो अनुभव र कथाका मापदण्ड लगायतका विषयहरुमा सहयोग पुग्ने बताउँदै साहित्य लेखन वर्ग सापेक्षित मापदण्ड एउटै हुने बरु कुन विषय छनोट गर्दा समाज परिवर्तन रुपान्तरणमा महत्वपूर्ण सहयोग पुग्छ भन्ने कुराले महत्व राख्ने बताउनुहुँदै प्रगतिवादी साहित्यिक व्यक्तित्व र अनुरागी हरुले धेरै मिहिनेत गर्नुपर्ने बताउनुभएको थियो।