क्रान्तिकारी बाल क्लव, काठमाडौं गठन

क्रान्तिकारी बाल क्लव, काठमाडौं गठन

काठमाडौं । अखिल (क्रान्तिकारी) काठमाडौंले क्रान्तिकारी बाल क्लव गठन गरेको छ । ७ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरुको एक भेलाले क्रान्तिकारी बाल क्लव गठन गरेको क्रान्तिकारी बाल क्लवकी केन्द्रीय संयोजक हिमांशु ओलीले जानकारी दिनुभयो ।

भेलाले कृजल खतिवडाको नेतृत्वमा एक सदस्य पछि थप्ने गरी ९ सदस्यीय क्रान्तिकारी बाल क्लव गठन गरेको हो । जसमा कृजल खतिवडा अध्यक्ष, आदित्य साह उपाध्यक्ष, लिजा ढकाल सचिव, आरोही कार्की सहसचिव, आशिका राउत कोषाध्यक्ष र सदस्यहरुमा मिलवार गोले, रितिक लामा र साङचेन तामाङ रहनु भएको छ ।

भेलाको अध्यक्षता अखिल (क्रान्तिकारी)का काठमाडौं संयोजक इशान महर्जनले गर्नुभएको थियो भने सञ्चालन लिजा ढकालले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम तथा ९ नं ब्यूरोका इन्चार्ज दिनेश शर्माले प्रशिक्षणात्मक मन्तव्यसहित भेला सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रमको समन्वय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौंका इन्चार्ज केदार खतिवडाले गर्नुभएको थियो ।