भ्रष्टाचारीको संरक्षण नगर्न कर्मचारी संघसंगठनलाई क्रान्तिकारी युवा लिगको चेतावनी

प्रकाशित मिति : २०७५ माघ १७

सुर्खेत । क्रान्तिकारी युवा लिग, नेपाल सुर्खेतले विभिन्न कर्मचारी संघसंगठनलाई भ्रष्टाचारीको संरक्षण तथा पक्षपोषण नगर्न चेतावानी दिएको छ । संगठनको तर्फबाट हिमाल शाहीले जारी गरेको वक्तव्यमा जनविरोधी र राष्ट्रविरोधी क्रियाकलाप क्रान्तिकारी युवा लिगलाई सह्य नहुने भन्दै स्वच्छ छवी भएका कर्मचारीहरु युवा लिगको भ्रष्टाचार विरोधी अभियानबाट डराउन नपर्ने बरु आफ्नो अभियानमा साथ सहयोग पु¥याउन आव्हान गरेको छ ।

क्रान्तिकारी युवा लिग, नेपाल सुर्खेतले दलालमार्फत् ५ हजारदेखि ५ लाखसम्म घुस लिने गरेको र घुस खुवाउन नसक्ने जनसर्वसाधारणको काममा धेरै ढिलाई गर्ने गरेको जनगुनासोको आधारमा २०७५ माघ १६ गते ३ ः ३० मा जिल्ला मालपोत कार्यालयमा सुचना अधिकृतको रुपमा कार्यरत नरबहादुर घर्तीलाई कालोमोसो दली सांकेतिक रुपमा कारबाही गरेको विषयलाई लिएर विभिन्न कर्मचारी संघसंगठनहरुले जारी गरेको वक्तव्यप्रति संगठनको गम्भीर रुपमा ध्यानाकर्षण भएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “क्रान्तिकारी युवा लिग, नेपाल राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुमा निरन्तर आवाज उठाउँदै आएको मुलुकको आमूल परिवर्तनको महाअभियानमा होमिएको संगठन हो । जनविरोधी र राष्ट्रविरोधी गतिविधि तथा क्रियाकलाप हाम्रो संगठनलाई सह्य छैन ।”

वक्तव्यमा मालपोत कार्यालय भ्रष्टाचारको अखडाको रुपमा बद्नाम रहेको उल्लेख गर्दै भनिएको छ, “आज मुलुकमा सिंहदरबारदेखि स्थानीयतहसम्म संस्थागत भ्रष्टाचार र अनियमितताको महामारी फैलिएको छ । विभिन्न अध्ययनले मालपोत कार्यालय सबैभन्दा बढी भ्रष्टाचार हुने सरकारी कार्यालयको रुपमा बदनाम छ । सोही मुताविक जनगुनासाहरु पनि आइरहेका छन् । जनताको गुनासाकै आधारमा हामीले भ्रष्टाचारीहरुमाथि कारबाही थालेका हौं ।” वक्तव्यमा अगाडि भनिएको छ, “यसबाट स्वच्छ छवी भएका कर्तव्यनिष्ठ कर्मचारीहरु डराउनु आत्तिनुपर्ने कुनै आवश्यकता छैन । बरु हाम्रो यो अभियानमा उहाँहरुको साथ सहयोगको हामीलाई आवश्यकता छ र हामी त्यसको अपेक्षा समेत गर्दछौं । आज मुठ्ठीभर भ्रष्ट कर्मचारीका कारण सबै राष्ट्रसेवक कर्मचारीहरु बद्नाम छन् । भ्रष्ट कर्मचारीहरुको संरक्षण र पक्षपोषणका निम्ति यस्तो वक्तव्यबाजीतिर लाग्नेभन्दा पनि हरेक सरकारी कार्यालयभित्र भएका भ्रष्ट कर्मचारीहरुको निगरानी राख्ने र उनीहरुको भण्डाफोर गरी हाम्रो अभियानमा साथ सहयोग पु¥याइदिनु हुने आशा एवम् विश्वास लिंदै हाम्रो संगठन त्यसका लागि विनम्रतापुर्वक आग्रह, अनुरोध एवम् आव्हान समेत गर्दछ ।”

RYL Surkhet. finaldocx