काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले पदाधिकारीको कार्यविभाजन गरेको छ । संगठनको भेलापछिको पहिलो पदाधिकारी बैठकबाट सातवटै प्रदेशमा संयोजक तोकेको छ । जस अनुसार १ नं. मा सुर्य कार्की, २ नं. मा दीपेन्द्र लामिछाने, ३ नं. मा शिलु न्यौपाने, ४ नं. मा मनकुमार न्यौपाने, ५ नं. मा महेश श्रेष्ठ, ६ नं. मा तिर्थ राई, ७ मा रामबहादुर महरालाई संयोजक तोकेको हो ।

हार्दिक शुभकामना !

पार्टी कार्यालय बुद्धनगरमा सम्पन्न बैठकल हरिकृष्ण गजुरेल, किरण अधिकारी थारु, शिलु न्यौपाने र पेशल दाहाल रहेको कार्यालय बनाएको छ भने व्यवस्थापनको जिम्मा किरण थारुलाई र कार्यालय सचिवको जिम्मा रञ्जित साहलाई दिएको छ ।

बैठकले स्ववियु निर्वाचनलाई उपयोग गर्ने निर्णय गर्दै पूर्ण समानुपातिक निर्वाचनका लागि संघर्ष गर्ने निर्णय गरेको छ । बैठकले संगठन विस्तारलाई व्यापक बनाउने, प्रकाशनलाई नियमित गर्नेलगायतका निर्णय गरेको छ ।

बैठकमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर