दिग्गज कलाकार बीएस राणाको ७८ बर्षको उमेरमा निधन

प्रकाशित मिति : २०७५ माघ १८

काठमाडौं । नेपाली सिने जगतका एक चर्चित एवं दिग्गज कलाकार बीएस राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंको टिचिङ अस्पतालमा निधन भएको हो राणाको केही समयदेखि बिरामी थिए । उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो ।

वि.सं २०४१ सालमा बनेको चलचित्र ‘अन्याय’ बाट आफ्नो कलाकारिता यात्रा सुरु गरेका राणा त्यसपछि सयभन्दा बढी चलचित्रमा अभियन गरेका थिए । उनले केही टेलिसिरयलमा पनि अभिनय गरेका थिए ।

उनले अभिनय गरेका चलचित्रहरुमा ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने वुझिएको छ ।