काठमाडौं । नेपालका चार कम्युनिस्ट पार्टीहरु (क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपपाल कम्युनिस्ट पार्टी) सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिको बुधबार बसेको बैठकले विना उचित व्यवस्थापन असार १२ गतेभित्र होल्डिङ सेन्टर छोड्न भनी जारी सूचनाप्रति घोर भत्र्सना गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । संयुक्त संघर्ष समितिको तर्फबाट संयोजक धर्मेन्द्र बास्तोलाले जारी गरेको वक्तव्यमा समितिले तत्काल विस्थापित क्षेत्र र होल्डिङ सेन्टरहरुका सुकुम्बासीहरुसँग संवाद गर्ने, असार १२ गते माइतीघरमा विरोध प्रदर्शन गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको छ ।
वक्तव्यमा भनिएको छ, चार कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिको बैठक २०८३ साल असार १० गतेका दिन बस्यो । बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१ राज्यले सुकुम्वासीहरुलाई उचित व्यवस्थापन बेगर असार १२ गतेभित्र होल्डिङ सेन्टर छोड्न जुन सूचना जारी गरेको छ, त्यसको घोर भत्सर्ना गर्दै सरकारले त्यो निर्णय तुरुन्त फिर्ता लिन माग गर्दछौं ।
२ केन्द्रीय संयुक्त संघर्ष समितिले तत्काल विस्थापित क्षेत्र र होल्डिङ्ग सेन्टरहरुको सुकुम्वासीहरुसँग संवाद गर्ने ।
३ असार १२ गते २ बजे माइतिघर मण्डलामा सुकुम्वासी विस्थापनको विरोधमा विरोध प्रदर्शन गर्ने । ४।सबै प्रदेश र जिल्लाहरुले आआफ्नो क्षेत्रको सुकुम्वासीहरुसँग अन्तरक्रिया, सडक संघर्षका कार्यक्रमहरु संचालन गर्ने ।
मितिस् २०८३ असार १०
धर्मेन्द्र बास्तोला



























