मगर राष्ट्रिय मुक्ति मोर्चा बाग्लुङको अध्यक्षमा चन्द्रबहादुर शेरबुजा मगर

मगर राष्ट्रिय मुक्ति मोर्चा बाग्लुङको अध्यक्षमा चन्द्रबहादुर शेरबुजा मगर

बाग्लुङ । मगर राष्ट्रिय मुक्ति मोर्चा बाग्लुङको जिल्ला सम्मेलन सम्पन्न भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले १७ सदस्यीय जिल्ला समितिको चयन गरेको छ । चन्द्रबहादुर शेरबुजा मगरको अध्यक्षतामा निर्वाचित उक्त १७ सदस्यीय समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष द्वय गोबिन्द काला मगर र कमारी पुन चयन भएका छन्

त्यसै गरी सचिवमा भूमिराज पुन, कोषाध्यक्षमा जमुना पुन र सहसचिवमा वीरबहादुर रोका चयन भएका छन् । समितिका सदस्यहरुमा थमनबहादुर थापा, गोकुल प्रसाद, किरण पुन, सन्तु घर्तीमगर, कुमार थापा, ध्रुवप्रसाद पुन, उजीर अर्गेजा, ईन्द्रबहादुर पुन, गुन्जबहादुर घर्तीमगर र हुमिन थापा चयन भएका छन् ।

सम्मेलनले मगर राष्ट्रिय मुक्ति मोर्चा बाग्लुङको सल्लाहकारमा तेज कुमारी र धनबहादुर अर्गेजालाई चयन गरेको छ ।