बाग्लुङ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल बाग्लुङ जिल्लाको जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । निर्वाचित जिल्ला समितिले हेमेन्द्र घर्तीमगरलाई अध्यक्षमा चयन गरेको छ ।

हार्दिक शुभकामना !

समितिका अन्य पदाधिकारीहरुमा ओमबहादुर श्रीपाली उपाध्यक्ष, हेमन्त विश्वकर्मा सचिव र मिरा काउछा मगर कोषाध्यक्ष चयन भएको बताइएको छ । नर्वाचित समितिका सदस्यहरुमा गोविन्द परियार, गुन्जबहादुर भण्डारी, गंगा गुरुङ, थम बहादुर, अमृता छन्त्याल, दलबहादुर हर्मेल, खिमबहादुर विक, हर्क रोका, रामजी जीसी रहेका छन् ।

सम्मेलन हलबाट हालका लागि १४ जना चयन गरिएपछि ३ जनापछि थप्ने गरी रिक्त राखिएको बताइएको छ । सम्मेलनले सल्लाहकार पनि चयन गरेको छ जसमा जयबहादुर छन्त्याल रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर