
दाङ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल दाङको प्रथम जिल्ला सम्मेलन भव्यतापूर्वक सम्पन्न भएको छ । मोर्चाका केन्द्रीय कार्यालय सदस्य तथा ५ नं. प्रदेश संयोजक केबी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले नरेन्द्र बन्जाडेलाई मोर्चाको जिल्ला अध्यक्षमा निर्वाचित गरेको छ । सम्मेलनले मोर्चाका अन्य पदाधिकारी तथा सदस्यहरुमा उपाध्यक्ष निमबहादुर जिएम, सचिव इश्वरीप्रसाद गैरे, कोषाध्यक्ष तिलक बिक, सहसचिव पदम प्रसाद अधिकारी र सदस्यहरुमा हेमन्ता धिमिरे, धनबहादुर बिक, सुन्दरलाल चौधरी, कृष्ण घिमिरे, खुबिराम पोख्रेल, बिष्णु रिजाल, कालिराम बिक, नारायण भण्डारी, खगेश्वर भण्डारी, सीता पोख्रेल, गोबिन्द रोकाय, गोमा पोख्रेललगायतलाई निर्वाचित गरेको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले आउँदा दिनहरु सङघर्षमय हुने भन्दै त्यसका लागि सबै कार्यकर्ताहरुलाई तयारीम रहन निर्देशन दिए । उनले वर्तमान राज्यसत्ता कम्युनिस्ट पार्टीको नभई दलालहरुको एजेण्ट भएकोले यसलाई उखेलेर फाल्ने बेला आएको बताए ।

सम्मेलनलाई नै सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केस तथा दाङ जिल्ला इन्चार्ज हिरामणी दुःखीले सामन्तवादी टुक्रे उत्पादन सम्बन्ध भएको मुलुकमा सङ्घर्ष धिमागतिमा जाने, मजदुर र मालिक भएको मुलुकमा सङ्घर्ष छिटोभन्दा छिटो जाने गरेको चर्चा गर्दै मोर्चालाई केन्द्रीय कार्यक्रम अनुसार अगाडि बढन सुझाब दिए । पार्टीका अर्का केन्द्रीय सदस्य धनेश्वर पोख्रेलले अब देजमोले गाउँगाउँमा सङ्घर्षको आधिबेहरी सृजना गर्नुपर्ने बताए ।

कार्यक्रमलाई पार्टी सल्लाहकार कमरेड सागर, प्रदेश सदस्य कमरेड अजित, जिल्ला पार्टी सेक्रेटरी कमरेड सरल, देजमो केन्द्रीय सदस्य यमबहादुर शाह, अखिल नेपाल महिला संघ( क्रान्तिकारी) केन्द्रीय सदस्य शुसिला आचार्य लगायतले शुभकामना मन्तव्य दिएका थिए । नरेन्द्र बन्जाडेले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन ईश्वरी प्रसाद गैरेले सञ्चालन गरेका थिए । मोर्चाको बन्द सत्रमा नेता गैरेले मोर्चाको साङ्गठनिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष तिलक बिकले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु गरेका थिए । छलफलपछि केही परिमार्जनसहित दुवै प्रतिवेदन एकमतले पारित भएको थियो ।






























