प्रधानमन्त्रीको सरकारी निवास क्षेत्रबाट २ महिला प्रकाउ

प्रधानमन्त्रीको सरकारी निवास क्षेत्रबाट २ महिला प्रकाउ

काठमाडौं । प्रहरीले आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास क्षेत्रबाट २ महिलालाई नियन्त्रणमा लिएको छ।
विरोध प्रदर्शन गर्न प्रधानमन्त्री निवास क्षेत्रमा पुगेका निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
निषेधित क्षेत्र तोडेकाले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
घरेलु हिंसामा परेको र अदालतमा विचाराधीन मुद्दा छिटो सुनुवाइ हुनुपर्ने माग गर्दै निहारिका र बिनु केही दिनदेखि आन्दोलनरत छन्। त्यसैको निरन्तरतामा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका हुन् ।