दिल्लीका १६ स्टेशन बन्दपछि कक्रोच पार्टीको कडा प्रतिक्रिया

दिल्लीका १६ स्टेशन बन्दपछि कक्रोच पार्टीको कडा प्रतिक्रिया

काठमाडौं। दिल्ली मेट्रोका १६ वटा स्टेशन बन्द गरिएपछि कक्रोच जनता पार्टीले कडा प्रतिक्रिया जनाएको छ।
स्टेशन बन्द गर्ने निर्णयबारे सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै सीजेपीले लेखेको छ, ‘यसको अर्थ के हो ? मोदीजी, सिधै धर्मेन्द्र प्रधानलाई पदबाट हटाइदिनुहोस् र यो विषय यहीँ टुंग्याउनुहोस्।’
सीजेपीले अर्को पोस्टमा भनेको छ, ‘मेट्रो स्टेशन बन्द गर्ने यो दैनिक नाटक किन ? जे गरे पनि मानिसहरू जन्तर–मन्तरमा आएर आन्दोलनमा सहभागी हुनेछन्।’
नीट प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा जन्तर–मन्तरमा सीजेपीले सञ्चालन गरिरहेको आन्दोलन एक महिनाभन्दा बढी समयदेखि जारी छ।

आन्दोलनलाई समर्थन गर्न हजारौँ युवा जन्तर–मन्तर पुगेका छन्। पछिल्ला तीन–चार दिनयता प्रदर्शनकारी युवा र प्रहरीबीच पटक–पटक झडपसमेत भएको छ।